नेपाली कांग्रेसका २ वडामा सम्मेलन

टीकापुर, १० माघ/नेपाली कांग्रेस टीकापुर नगरका २ वडामा बुधवार सम्मेलन भएका छन् । वडा नम्बर ७ र २ मा वडा सम्मेलन भएको हो ।
वडा नम्बर ७ मा भएको सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले कांग्रेसले जनताका पक्षमा थुप्रै काम गर्दा पनि निर्बाचनमा पराजय भोग्दै आउनुको कारण खोज्नुपर्ने बताउनुभयो । उहाँले जनजातीका सवालमा होस् या दलित महिलाको अधिकारका लागि पार्टीले बिशेष आरक्षणको व्यबस्था गरेर नेतृत्व प्रदान गरेको छ, यसको लाभ उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । पूर्ब महासमिति सदस्य फकिर सिंह कडायतले कांग्रेस माओवादी जनयुद्धका बेला कमजोर भयो भन्नुभयो ।


‘‘जनयुद्धकालमा कांग्रेसका नेता कार्यकर्तालाई गाउँमा बस्न नदिएर माओवादीले कांग्रेसका बिरुद्ध ठूलो षडयन्त्र गरेको हो ,’’ कडायतले भन्नुभयो ,‘‘ कांग्रेस एक भएर प्रजातन्त्र बलियो बनाउन लाग्नु पर्छ ।’’ वडासभापति टोप बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रतिनीधि तथा पूर्ब जिल्ला सहसचिब चिरञ्जीवि खनाल ,महाधिबेशन प्रतिनीधि पहल बस्नेत, जिल्ला सदस्य शेरबहादुर साउँद, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी , प्रदेश सभापति बलिराम चौधरी , नगर सभापति नरेश कुमार खत्रीले संगठनलाई बलियो बनाएर लैजान सबै एकभएर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
यसै गरी वडासभापति नृप बहादुर कडायत, महिला संघ जिल्ला कोषाध्यक्ष निर्मला कडायत, तरुणदलका क्षेत्रीय अध्यक्ष कल्पेश कुवँर ,स्वबियू सभापति नृपजंग थापा, थारु संघका क्षेत्रीय अध्यक्ष प्रान्कुश चौधरी, स्थानीय नेता श्रीपाल चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत जौमति धामीले गर्नुभएको थियो भने सञ्चालन लब बैद्यले गर्नुभएको थियो ।
यसै गरी वडा नम्बर २मा प्रदेश सदस्य तथा पूर्ब उपमेयर केशरी बिष्टको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
वडा सभापति नरबहादुर ठकुल्लाको सभापतित्व मा भएको उक्त कार्यक्रममा जिल्ला प्रतिनीधि तथा महाधिबेशन प्रतिनीधि धनराज उपाध्यायले सय दिने अभियानका बारेमा बोल्नुभएको थियो । वडा नम्बर ७ मा जेष्ठ सदस्य नरसुराम जैशी,जुहारीलाल पाण्डे र एकबर साहूलाई सम्मान गरिएको छ । असक्तबाट प्रजिले साउँद, कृषि उद्यमीबाट विनय चौधरी र लालबीर चौधरीलाई सम्मान गरिएको छ । खेलाडीबाट सन्देश पाण्डे र पूर्ब खेलाडी नरेश चौधरीलाई सम्मान गरिएको छ । युवाहरुबाट सुन्दर चौधरी, महिलाबाट कला चलाउने धामी लाई सम्मान गरिएको हो । दुबै वडामा थारु संघ गठन भएको छ । वडा नम्बर ७ मा फूलराम चौधरीको संयोजकत्वमा समिति गठन भएको छ । उपसंयोजक , सचिब, कोषाध्यक्ष, सहसचिबमा क्रमशः चेतुराम चौधरी, बिनय चौधरी, चन्द्रावती चौधरी र सुन्दर चौधरी रहनुभएको छ । सदस्यमा कृष्णदेबी चौधरी, कमला चौधरी, निता चौधरी, चेतराम चौधरी , तुलसी चौधरी र बिज्ञान चौधरी रहनु भएको छ । उता वडा नम्बर २ मा मदन चौधरी संयोजक रहेको समिति गठन भएको छ । उपाध्यक्ष ,सचिब र कोषाध्यक्षमा क्रमशः सोमनाथ चौधरी, सीता चौधरी र बालिका चौधरी रहनुभएको छ । वडा नम्बर २ मा डम्बरा शाहको संयोजकत्वमा महिला संघ गठन भएको छ ।