नेपाली कांग्रेस टीकापुर नगर सम्मेलन सम्पन्न ,जनताका आकांक्षालाई सर्बाेपरी ठान्न डाक्टर रावलको निर्देशन

टीकापुर, ( माघ/नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावलले दलले टीकापुरका जनताको आकांक्षालाई सर्वोपरी ठानेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
काँग्रेसको सय दिने विशेष अभियान अन्र्तगत नगर कार्य समितिले टीकापुरमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य रावलले पार्टीका जिम्मेवार नेता कार्यकर्ताको पहिलो जिम्मेवारी जनताको हीतमा काम गर्नुरहेको बताउनुभयो । उहाँले जिम्मेवारीमा रहेकासँग गुनासा बढी आउने भएकाले जिम्मेवारी र नेतृत्वमा रहेकाहरु थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
डाक्टर रणबहादुर रावलले अहिलेको परिवेश हेर्दा लामो समय जनताको हीतमा काम गरेको पार्टी काँग्रेसले दलित, जनजाति, कम्लहरी, कमैया मुक्ति देखि लिएर महिलालाई अघि बढाउन ठूलो काम गरेको स्मरण गर्दै आउँदा दिनमा पनि जनताका लागि नेताहरुले त्याग गर्न तयार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला उप सभापति खेम चौधरीले पार्टीमा इमान्दार भएर लाग्न आग्रह गर्दै पार्टीले गरेका राम्रा काम जनतलाई भन्न लाज मान्नुपर्दैन भन्नुभयो । उहाँले पछिल्लो समय कार्यकर्तामा अराजकता बढ्दै जाँदा अनुसाशन हिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । नगरसभापति नरेश कुमार खत्रीको सभापतित्वमा भएको सम्मेलनमा संबिधान सभा सदस्य बुद्धिसागर चौधरी, प्रदेश सांसद ललिता सुनार ,  पूर्ब महासमिति सदस्य फकिरसिंह कडायत, क्षेत्रीय सभापति प्रकाश शाह , पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी , प्रदेश सभापति परशुराम महतौं र बलिराम  चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसै गरी  गाउँसभापति गणेश रेग्मी, वडासभापति नृपबहादुर कडायत, तरुणदलका क्षेत्रीय अध्यक्ष कल्पेश कुवँर र स्वबियू सभापति नबिन अधिकारी लगायतले शुभकामना मन्यव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत उपसभापति सुरत रावल न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सचिब प्रकाश शाहले गर्नुभएको थियो । सम्मेलनमा नेपाली कांग्रेसमा योगदान पु¥याएका ९ जनालाई सम्मान गरिएको छ । टीकापुर १ कलक बहादुर सोडारी, २ का बहादुरे लुहार , ३ का तिलक चौधरी रहनु भएको छ ।
यसै गरी वडा नम्बर ४ का प्रेम बहादुर शाह, ५ का जगत बहादुर साउँद , ६ का भिखुराम चौधरी , ७ का स्वर्गिय सुदराम चौधरीलाई मरोणापरान्त , टीकापुर ८ की अमृता भूल र ९ की नन्दादेबी आउजीलाई सम्मान गरिएको  हो ।  सम्मेलनमा बार्षिक प्रतिवेदनहरु पेश गरिएको थियो । यसैगरी जोशीपुर ४   बडरियामा टोल समिति गठन भएको छ । प्रदेश क का उपसभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा समिति गठन भएको हो । वडासभापति चेतराज चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला प्रतिनीधि तथा पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले कार्यक्रमको उदेश्य वारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम सञ्चालन घनश्याम परियारले गर्नुभएको थियो । इश्वर डगांैराको सभापतित्वमा ३० सदस्यीय समिति चयन भएको छ । उपसभापतिमा टिकादेबी सेठी र पार्वती महतांै रहनुभएको छ । सचिबमा नीरञ्जना थापा  रहनुभएको छ भने कोषाध्यक्षमा केशरदेबी चौधरी रहुनभएको छ ।