नोवेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १६ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

टीकापुर,६ माघ/नोवेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको १६ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको
छ । सभाले अध्यक्षमा नारायण विश्वकर्मा,उपाध्यक्षमा मिन बहादुर दमाई,सचिवमा जगतसिंह विश्वकर्मा, कोषाध्यक्षमा भोज बहादुर विश्वकर्मा चयन गरेको छ ।


यस्तै सदस्यहरुमा कालुसिंह ताम्राकार, टेकबहादुर सार्की, शंकर तिरुवा, प्रेम चौधरी चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा भक्त बहादुर विक तथा सदस्यहरुमा रमेश विक र जगतबहादुर विश्वकर्मा चयन भएका छन् ।
सभाको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य ललिता सुनारले सहकारी भनेका स–साना रकमलाई एक जुट बनाई शेयर सदस्यहरुका स–साना आवश्यकता पुर्ति गर्ने माध्यम भएकाले यसलाई बलियो बनाउन सम्पुर्ण शेयर सदस्यहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।


सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष लालसिंह टमट्टाले विगतका दिनमा सहकारीको सामाजिक क्षेत्रमा राम्रो उपस्थिती रहेको स्मरण गराउदै शेयर सदस्यहरुमा सहकारीप्रति कुनै पनि भ्रम नलिन अनुरोध गर्दै उहांले सककारीलाई पुरानै शैलीमा संचालन गर्न सम्पुर्ण शेयर सदस्य को साथ चाहिनेमा जोड दिनु भयो ।
उहांले आफू सहकारीको संचालक समितीमा नरहे पनि संस्थालाई समस्यामा पर्न नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।
सभामा उत्कृष्ट बचत कर्ता नविन दमाई, जेष्ठ नागरिक रंग टमट्टा र गत सालको एसईईमा उत्कृष्ट अंक ल्याई उत्र्तिण गर्ने शेयर सदस्यका छोराछोरी मध्य आयूस्मा विश्वकर्मालाई सम्मान गरिएको छ ।
उद्घाटन सत्रमा दानबहादुर विक चित्रण, प्रेम विक, प्रेम विसी, बलबहादुर विक, पत्रकार पुर्ण विक लगाएतले शुभकामना दिनुभएको थियो ।