टीकापुर, १८ साउन/बालबालिका का लागि अध्यनन बोझीलो बनाउन हुँदैन । अध्ययन गर्दा रमाइलो वातावरण भएमा बालबालिकाको रुचि फेरिन सक्छ । रमाइलो वातावरण, उनीहरुको जीवनमा मिल्दाजुल्दा ज्ञानवद्र्धक कथा सुनाउँदै श्रब्यदृश्य माध्यमले सिकाइमा लगाउँदा बालबालिका को पढ््ने बानीको विकास हुन्छ ।
यस्तै विकास भएको छ । टीकापुर नगरपालिका वडा नम्वर ६ लक्षिनापुरका एकलेस चौधरीको । एकलेस कक्षा ३ मा पढ्छन् । उनकी आमा सीता चौधरी र बुवा जीतराम चौधरी हुन् । एकलेसको भाईको नाम आरुस चौधरी र हजुरआमाको नाम दुखिया चौधरी हो । परिवारमा जम्मा ५ जना छन् । आमाको पेशा कृषि हो भने बुवा ज्याला मजदुरीको काम गर्नुहुन्छ ।
एकलेसको परिवारको आर्थिक अवस्था सामान्य भएको हुनाले उनले सुरु सुरुमा पढ्न आउँदा नियमित उपस्थित हुँदैनथे तर अहिले आफुसँग आउने साथी पाएपछि पढाई शिविरमा उनी हरेक शनिबार सक्रिय सहभागिता देखाउँछन् ।
सुरु सुरुमा पढ्न आए पनि पढाईप्रति त्यति इच्छा नदेखाउने तर अहिले कथाका किताबहरु आफु पनि पढ्ने र अरुलाई पनि पढ्न भन्ने गर्दछन् । पहिले त्यति कुरा नसुन्ने अरुले भनेको नमान्ने तर अहिले आएर शान्त भएर बस्ने, अरुको कुरा मान्ने र सुन्ने गर्दछन् । र कथा सुनाउँदा, प्रश्न गर्दा फ्याट्ट जवाफ दिने गर्दछन् । पहिले ९पहिले क्रियाकलाप गर्न दिदा त्यति लेख्न मन नगर्ने तर अब लेख्न मन गर्ने र अक्षरमा पनि सुधार गरेका छन् ।
पढाई शिविरमा आएदेखि उनको बानीमा एकदमै सुधार आएको छ । एकलेसकी आमा भन्नु हुन्छ, ‘‘पहिले मेरो छोरा मेरो कुरा नमान्ने गथ्र्यो, स्कुल पनि जान मन गर्दैनथ्यो’’, उहाँले भन्नुभयो, ‘‘तर अहिले आफैँ तयार भएर नियमित विद्यालय जाने गर्दछन् ।’’
कुनै पनि क्रियाकलापहरु गर्न लगाउँदा अल्छी नमानी क्रियाकलाप गर्दछन् । आजभोली त कथाका किताबहरु घरमा लगेर पनि जाने गर्दछन् । अब आफ्नो सानो बाल कक्षामा पढने भाईलाई पनि सिकाउने कथा सुनाउने गर्दछन् ।
वि।स। २०७७
साल फागुन १५ गतेका दिन गाउँको सरकारी विद्यालयमा पढ्ने नानीबाबुहरुको पढाइलाई सुधार गर्न गाउँ÷ गाउँ मा समावेशी तथा गुणस्तरीय शिक्षा पारियोजना अन्र्तगत पढाई शिविर सुरु भएको थियो । जसमा टीकापुर नगरपालिकाको वडा नम्वर ६, ७, ८ र ९ का ७ वटा विद्यालयका १७ वटा पढाई शिविर सञ्चालनमा छन् । हाल वल्डभिजन ईन्टरनेश्नल नेपालको सहायोगमा विकासका लागि यूवा ऐक्यबद्धता रुयार्ड० धनगढी ले परियोजना सञ्चालन गरेको छ ।
लक्ष्मी कुमारी थारु
पढाई शिविर सहजकर्ता