टीकापुर, १३ जेठ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार समेत जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिबेशन तथा ३२ औँ स्थापना दिवस उद्घाटन गर्दै मुख्यमन्त्री शाहले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकार समेत जिम्मेवार हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, संघीयता र भसोरा जोगाउने दायित्व जनप्रतिनिधिको भएको बताउँदै यी व्यवस्था जोगाउ सहयोग पुग्ने खालका समाचार मिडिमार्फत आउनुपर्ने बताउनु भयो । उहाँले अहिलेको व्यवस्थाबाट मुलुकको समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सकार पत्रकार जगतलाई अलग राखेर अघि नबढ्ने बताउँदै पत्रकारलाई सहयोगीका रुपमा साथमा लिएर अघि बढ्ने बताउनुभयो । सरकारका कमी कमजोरीमा औला उठाउन आग्रह गर्दै आफूले प्रेस स्वतन्त्रताको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । ‘‘पत्रकारले सही सूचना मात्र दिनुपर्छ, सत्य नबुझी कसैको मानमर्दन हुने समाचार लेख्न हुन्न’’, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारलाई सुझाव दिने खालका समाचार लेख्नुस, म पूर्वाग्रही हुनेछैन । सुझावका रुपमा लिनेछु ।’’
कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले पत्रकारले हरेक ठाउँमा मागेर सताउने कार्य अन्त हुनुपर्छ भन्नुभयो । उहाँले जनप्रतिनिधिले पनि प्रेस सल्लाहकार राखेर मिडियालाई सहज हुने गरी सूचना दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकार महासंघले पत्रकारको शुद्धिकरण अभियान चलाएका बेला युनियनमा समेत शुद्धिकरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालले राजनीतिक दलपछिको शक्ति पत्रकारिता भएकाले पत्रकारले ब्यवसायिक धर्म भुल्न नहुने बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका प्रमुख शुशिला शाहीले पत्रकारले भ्रष्टाचारका विषयमा बढी कलम चलाउन आवश्यक रहेको बताउनु भयो । प्रेस युनियन सुदूरपश्चिमका अध्यक्ष मनमोहन स्वाँरले पत्रिका, एफएम धरापमा परिरहेकाले पत्रकार पनि समस्यामा रहेका बताउँदै मिडिायाको संरक्षण र विकासको नीति सरकारबाट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस युनियन लम्कीका सभापति देवानन्द न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मोहन्याल गाउँपालिका का उपाध्यक्ष कमल साउँद, पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावल, नेपाली काँग्रेस लम्की चुहा नगरका सभापति इन्द्र कुँवर, युनियन लम्कीका सल्लाहकार भुवनेश्वर अधिकारी, पूर्व केन्द्रीय सदस्य जगत साउँद, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, युनियन लम्कीका संस्थापक अध्यक्ष रंगप्रसाद अधिकारीले मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष रतनलाल चौधरीले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव नेत्रप्रसाद जैसीले गर्नुभएको थियो ।
प्रेस युनियन लम्कीको सभापतिमा पाण्डे
प्रेस युनियन लम्कीको सभापतिमा परमानन्द पाण्डे चयन हुनु भएको छ । लम्कीमा सम्पन्न पाचौँ अधिबेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
युनियनको उपाध्यक्षमा चन्द्रप्रसाद खनाल, समावेशी उपाध्यक्ष रतनलाल चौधरी, सचिवमा विरेन्द्र शाह, कोषाध्यक्ष धर्मेन्द्र विष्ट र सहसचिव महिलामा दिपशिखा न्यौपाने चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा हिक्मत प्रसाद उपाध्याय, भरत भण्डारी, नविनकुमार देवकोटा, गणेश बहादुर क्षेत्री चयन हुनुभएको छ ।
जनजाती सदस्यमा सुधराम दहित, दलित सदस्यमा ज्योति सुनार, सदस्य महिलामा पवित्रा ढकाल चयन हुनुभएको निर्वाचन अधिकृत टेक बहादुर सार्कीले जानकारी दिनुभयो ।