सम्पादकीय
नेपालको राजनीतिमा केवल पद र प्रतिष्ठाको कुरा मात्र आउन थालेको छ । पदकै कारण प्रधानमन्त्री प्रचण्डलाई मन्त्री मण्डल बिस्तर गर्न सकस भएको छ । हरेक राजनीतिक दललाई उप–प्रधानमन्त्री र २\३ मन्त्रालय चाहिएको छ भने ठूला दललाई त्यहि हिसावले चाहिएको छ । मन्त्री पदका लागि मात्र ध्यान दिएका छन् । मन्त्री पद पाएका खुसी हुने अनी मन्त्री नपाएका पार्टीको बिरुद्धमा लाग्ने गरेको पाइन्छ । जनप्रतिनीधि ५ बर्षका लागि हो भन्ने भावनाको विकास हुन सकेको छैन । धेरैको मनमा बाचुञ्जेल जनप्रतिनीधि हुन पाए हुन्थ्यो भन्ने मानसिकता पलाएको पाइन्छ । यो आर्थिक बर्षमा ८ महिनामा एक खर्ब पनि विकास बजेट खर्च गर्न सकेका छैनन् । विकास बजेट खर्च गर्ने बेला गर्न नसक्ने तर सत्ताका लागि भने मरिहत्ते गर्ने संस्कार कतिञ्जेल टिक्ने ? मुलुकको अवस्था नाजुक भइरहेको छ तर नेताहरु पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्नमा व्यस्त छन् । नागरिकका समस्या बारे बहस र छलफल हुँदैनन् । मुलुकले बेहोर्नु परेको कष्टका बारेमा छलफल हुँदैन । केवल बिदेशीलाई खुसी पारेर ऋण र अनुदान लिने प्रयास भएको पाइन्छ । बिदेशीको चाकडी गरेर ऋण र अनुदान लिने अनी त्यहि अनुदान र ऋणमा मोज गर्नेहरुबाट मुलुकले पार पाउँदैन । यसरी मुलुकको अवस्था नाजुक हुँदै गएको छ । तसर्थ नागरिक सचेत भएर राजनीतिक दलका नेताहरुलाई दबाब दिन जरुरी छ । पदका लागि मरिहत्ते गर्ने नेताहरुलाई निर्बाचनका क्रममा तह लगाउन जरुरी छ भने सडकबाट दबाब दिन पनि जरुरी छ ।