पार्टीमा देखिएको अराजकताले पार्टी नै अस्तव्यस्त

सम्पादकीय
नेपाली कंग्रेसमा देखिएको अराजकताले पार्टी अस्तव्यस्त भएको छ । पार्टीमा लगानी, त्याग, क्षमता र निष्ठाको कुरा बिर्सदै जान थालेपछि नयाँ जोडिनेहरु पार्टी भनेकै हुलहुज्जड गर्ने ठाउँ हो भनेर बुझ्न थालेका छन् । युवाहरु पार्टीमा आवश्यक पर्छ तर लगानी, त्याग , क्षमता र निष्ठाको कुरा भन्दा पनि अहिले नै अवसर चाहियो भन्नेहरुको जमात बढ्न थालेको छ । कतिपय पार्टीको नीति नियम भन्दा पनि क्षेत्रीयताको कुरा गर्ने गरेका छन् । पार्टीमा दस्तावेज प्रणाली नहुूदाको फाइदा उठाएर हिजो आएकाहरुले आफु भन्दा अघि लागेका युवाहरुलाई अपमान गर्ने गरेका छन् । पार्टीमा पद्धति को कुरा हुन्छ । पार्टीमा पैसावालाहरु हाबी भएका छन् भने इमान्दार नेता तथा कार्यकर्ताहरु पछि पर्न थालेका छन् । पार्टीमा कसले कहिले देखि काम ग¥यो भन्नु भन्दा को नेतासंग बस् उठ् छ भनेर हेर्ने प्रचलन बसेको छ । पार्टीलाई व्यबस्थित बनाउन युवाहरु लाग्न जरुरी छ । पञ्चायतकालमा लागेका नेताहरुको उमेर ढल्केकाहरुबाट पार्टी बलियो हुन  सक्दैन । पछिल्लो समय त जनप्रतिनीधिहरु समेत अराजक भए । पार्टीबाट नेतृत्व लिएर आम र्निाचनमा होमिएका पार्टीका उम्मेदवार जिताउन पार्टीका नेता र कार्यकर्ताले खाई नखाई गरेर जिताउनुपर्ने अनी जितेपछि मनपरी गर्ने गरेका छन् । पार्टीले जिताएको जनप्रतिनीधि आफ्नो मनपरी हिँड्न थालेपछि पार्टी भित्र आपसमा मित्रता हुने कुरै भएन । जितेपछि पार्टी बिर्सने र लगानी गरेका नेता र कार्यकर्ता नचिन्नेहरुले अवसर पाएपछि पार्टी अराजकतातर्फ जान थालेको हो । एक अर्काको सम्मान गर्न नसक्ने अवस्था सृजना भएपछि नेपाली कांग्रेसमा द्वन्द बढ्दै गएको हो । पार्टीमा द्वन्द बढाउनेहरु हावी भएपछि पार्टीमा शान्ति हुने कुरै भएन । तसर्थ पार्टी भनेर लागेका नेता तथा कार्यकर्ताले गम्भिर भएर सोच्न जरुरी छ । पार्टीका इमान्दार कार्यकर्ता पार्टीको अधिवेशनमा एक भएर अघि बढ्नु पर्छ । अधिवेशनका बेला बिचार नगर्दा कांग्रेस आपसमा सकिने अवस्था छ । सबैले सकारात्मक सोच राख्न जरुरी छ ।