पार्टी परिवर्तन र नेता बन्ने होडबाजी

सम्पादकीय
मधेश प्रदेशमा को मान्छे कुन पार्टीमा कतिखेर जाने हो निश्चित हँदैन । पार्टीमा बर्षाै लगानी गरेको हुन्छ त्यस्तो व्यक्तिले पार्टी परिवर्तन गर्न धेरै सोच्छ तर पार्टीमा अवसरका लागि र स्वार्थका लागि लागेकाहरु पार्टीमा लगानी के हो भन्ने कुरा बुझेको हुँदैन । पार्टीमा त्याग र सम्र्पण नभएको व्यक्तिलाई पार्टी परिवर्तन गर्न खासै सोच्नु पर्दैन् । एउटा होइन दुई तीन पार्टी चाहर्नेको संख्या मधेशमा ठूलो छ । यसरी पार्टी परिवर्तन गर्ने प्रचलनले समग्र समाजमा अस्थिरताको माहोल बनेको छ । आज एउटा पार्टीमा लागेर जनतासंग एउटा कुरा भन्ने अनी केही दिनपछि अर्काे पार्टीमा लागेर अर्काे कुरा भन्दा जनता दिक्क छन् । जनताको मन पनि अस्थिर भएको छ भने राम्रो नराम्रो छुट्याउने सामथ्र्यको विकास हुँदैन । राम्रो नराम्रो छुट्याउन लाग्दा नेताको बोली अनुसार बोल्न बाध्य भएपछि कसरी सत्य बोल्न सकिन्छ ? यही रोग अन्यत्र प्रदेशमा लाग्न थालेको छ । पछिल्लो समय पार्टी परिवर्तन र पार्टी भित्रको टिम परिवर्तन स्वार्थका लागि मात्र हुने गरेका छन् । कताबाट स्वार्थ लुट्न पाइन्छ त्यही टिम र पार्टी राम्रो भन्न थालेपछि नेपाली समाज द्वन्दमा फस्दै गएको छ । समाजमा अबिश्वास छ भने पार्टीमा मिलेर खानेबेला एउटा भावना पोख्ने अघिपछि लड्ने गरेका छन् । नेपालमा हरेकलाई समाजसेवी र पार्टीको नेता बन्नु छ । बेरोजगार भएपछि सबै भन्दा सजिलो पेशा समाजसेवा र पार्टीको सदस्य बन्नु हो । कतिपय त बिचारले पार्टीमा लागेका हुन्छन् । उनीहरुलाई आफ्नो ठाउँको विकास होस् र आफुलाई अप्ठ्यारो पर्दा सहयोग गरुन् भन्ने सोच हुन्छ । नेपालको राजनीतिमा एकल प्रयास सफल हुँदैन । केही काम गरेर देखाउछु भन्ने हो भने पार्टीको आड चाहिन्छ । पार्टीको आडमा कतिपयले व्यबसाय गर्ने गरेका छन् । केन्द्रिय नेतृत्वको आडमा ठूला व्यापारीले नाफा लिने गरेका छन् । पछिल्लो समय व्यापारीले व्यापार गर्नुभन्दा नेताहरुको चाकडी गर्ने र राज्यको स्रोत दोहन गर्ने गरेका छन् । राज्यको साधन स्रोत दोहन गर्ने अहिले व्यवसाय भएको छ । बिना लगानी व्यबसाय गर्न पाइन्छ भने लगानी गरेर संघर्ष किन गर्ने ? जनता र स्वयम कार्यकर्ताबाट बहिस्कृत हुनुपर्ने मान्छे नेताहरु कहाँ भिड लगाउने होडवाजी गर्दैछन् । तसर्थ नेता बन्ने होडबाजी र पार्टी परिवर्तन का बारेमा नागरिक सचेत हुन जरुरी छ । जनताका लागि काम गर्ने हो भने निष्ठापूर्बक लाग्न जरुरी छ ।