पेट्रोलियम पदार्थको मुल्य आकासिदा पनि भाडा दर नबढ्दा ब्यवसायि मर्कामा

गणेश क्षेत्री
टीकापुर, १९ चैत/टीकापुर नगरपालिकामा चल्ने अटो ब्यवसायिहरुले ब्यवसाय धरासायि भएर पलायन हुने स्थिति भएको बताएका छन् ।
पेट्रोलियम पदार्थको मुल्य आकासिदा पनि भाडा दर नबढ्दा ब्यवसायि मर्कामा परेको खडक बुढाले बताउनु भयो । अब स्थिति जटिल बन्दैछ अनियन्त्रित रुपमा भित्रीएका अटोहरु अत्याधिक हुनाले पनि यात्रुहरु कम भएको भनाइ बुढाको थियो ।
बसभन्दा भाडा अटोमा महङ्गो छ तर सवारी नै हुदैनन् कहिले १ जना कहिले २ जना बसाएर त लग्यो तर फर्किदा यात्रु भएनन् भने खल्तिबाट पैसा हाल्ने स्थिति हुने बुढाको भनाइ थियो । यस्तै हो भने ब्यवसायि धर्म तिमिल्सिना ले सहर बजारमा यात्रुहरुको चाप पनि धेरै हुन्छ अनि कम मुल्यमा यात्रु ओसारपसार गर्दा पनि मर्का नपर्ने हाम्रो सेवा त ट्याक्सि जस्तो भएको बताउनुभयो ।


पहिला खक्रौला नाका अटो ब्यवसायिहरुको लागि आयस्रोत को गतिलो माध्यम बनेको थियो पहिला भारतबाट रोडवेज बस ले खक्रौला नाकामा यात्रुहरू ल्याउथे तर अहिले प्राइभेट बस ले पलियामा यात्रुहरू लाई योजनाबद्ध रुपमा ओराल्नाले धनगढी नाका भएर आउने बाध्यता त छदैछ अटो ब्यवसायिहरुलाइ समेत दिन भरिमा मजदुरि निकाल्न समेत गार्हो भएको युवा नेता तथा ब्यवसायि रोहित रावलको भनाइ थियो ।
ब्यवसायि शिब सुनारले श्रीमतीको गरगहना बेचेर र उधारो गरेर किनेको अटोको किस्ता समेत तिर्न धौ भएको बताउनुभयो ।
अहिले नयाँमा ६ लाख पर्ने अटो ६० हजारमा समेत किन बेच हुने गरेको अटो ब्यवसायि तथा वडा नं। ९ का सदस्य भरत साउँदले बताउनुभयो ।
भरत साउँदले स्थानिय सरकारले सुरुवाट आवस्यकता र चाप अनुसार अटो दर्ता प्रक्रिया गरेमा समस्या हुँदैन थियो होला । अझै ब्यवसायिहरु पलायन नहोस भनेर नगरपालिका ले ठोस नितिनियम तत्कालै ल्याउनुपर्ने साउँद ले बताउनुभयो । ढिला भएको छ अब स्थिति नियन्त्रण बाहिर नजावस भनेर प्रतिनिधिले तत्कालै कदम चाल्नुपर्ने साउँदको भनाइ छ ।