सम्पादकीय
नेपालमा बिभिन्न थरीका पेशाकर्मी छन् तर पेशाकर्मीहरुले आफ्नो संगठनको म¥यादा राख्न नसकेको अवस्था छ । पेशाकर्मीले देश र जनभावा बुझेर सेवा दिन नसक्ने हो भने मुलुक थप संकटमा पर्नै निश्चित हो । पेशाकर्मीले सेवा दिदा स्वतन्त्र भएर दिन सक्नुपर्छ । २०४६ सालको परिवर्तनपछि दिनप्रतिदिन राजनीतिमा अराजकता बढ्दै गएको छ । राजनीतिमा अराजकता बढ्दै गएपछि हरेक क्षेत्र तहस नहस भएको हो । हरेक क्षेत्र तहस नहस भएपछि हरेक पेशाकर्मीमा अराजकता बढ्दै गएको आम नागरिकले महशुस गरेका छन् । पेशाकर्मीको अराजकता बढ्दै गएपछि राजनीतिक दल पनि फस्दै गएका छन् । भोट र समर्थनका लागि राजनीतिक दलका नेताहरुले गलतलाई साथ दिएकै कारण भ्रष्ट र माफिया मौलाउँने वातावरण बन्यो । हरेक क्षेत्रमा पेशाकर्मीको संगठन बनाएर राज्य दोहनमा लागेका छन् । प्रणाली फेल भएको देशमा पत्रकार र अदालत गभिंर भएको भए अहिलेको अवस्था आउने थिएन ।प्रणाली सुधार्न कहि न कहिबाट शुरुवात त गर्नै पर्छ । केवल स्वार्थका लागि सेवा दिने बानी बसाल्ने हो भने जनताले के पाउने ? प्रजातन्त्रका लागि स्वतन्त्र पत्रकारिता र निस्पक्ष न्यायालय पहिलो शर्त हो तर अहिलेको अवस्था कस्तो छ सबैले बुझेको कुरा हो । हरेक पेशाकर्मीले आफ्नो सेवा चुस्त दुरुस्त गरेर सम्मानित हुनुभन्दा नितान्त व्यक्तिवादी भएको पाइन्छ । सत्तामा बसेका राजनीतिक दलको चाकडी सुबिधा खानका लागि गरिन्छ भने त्यस्तो पेशाकर्मीलाई जनताले कतिञ्जेल सम्मान गर्छन् । तसर्थ सबैले आफुलाई सुधार्न जरुरी छ । सम्मान पाउन त्यहि खालको काम गर्न जरुरी छ । राष्ट्र र जनता भए मात्र पेशाकर्मीले कमाएको पैसा र स्वतन्त्रता बाच्ने हो । राष्ट्रलाई बलियो बनाउन पेशाकर्मीले निर्भिक भएर सेवा दिन सक्नुपर्छ । यसका लागि नागरिक तहबाट पनि जवाफदेहीता हुन जरुरी छ ।