प्रतिपक्षको भूमिका भारत बाट सिक्न जरुरी छ

सम्पादकीय
नेपाली जनताले प्रजातन्त्रका राम्रा पक्ष सिक्न बिदेश जानु पर्दैन । छिमेकी देश भारतबाट सिक्न सकिन्छ । बेलायतको उपनिबेसका बिरुद्ध लडेका कांग्रेसका नेताहरु यतिखेर मोदीको निरकुंशताका बिरुद्ध संघर्ष गर्न थालेका छन् । सन २०१४ मा सत्तामा आएको भाजपा ८ बर्ष सत्तामा बस्दा यति निरकुंश भयो कि हरेक सबैधानिक निकाय र संघ संस्था मोदीको इशारामा नाच्न बाध्य छन् । त्यहाँका सञ्चारमाध्यम सबै बिक्रि भएका छन् । अहिले भारतमा कांग्रेस आई लगायत बिभिन्न प्रान्तमा रहेका क्षेत्रीय पार्टी मोदीको साशन शैलीको बिरोधमा भएपनि जनतालाई सचेत गराउन कठिन भएको छ । निरकुंशताको यो शैली देख्दा शान्त भएपनि मुर्दा शान्ति हो । मोदीको बिरोध ग¥यो कि बिभिन्न संबैधानिक निकाय प्रयोग गर्दै छापा मार्ने र समस्यामा पार्न थालिहाल्छन् । यसका बावजुत त्यहाँ कांग्रेसका आईका नेता राहुल गान्धी सहित हजारौं कार्यक्रर्ताले उत्तर दक्षिण भारत भ्रमण गरेका छन् । कन्याकुमारी देखि कस्मिरसम्मको करिब ३५ सय किलोमिटरको पैदल यात्रा राहुल गान्धीले एउटा भेष्टमा गरे । यो यात्रालाई कतिपयले अपव्याख्या गरे तर ४ महिना लगाएर गरेको भारत जोडो यात्राले यतिखेर ठूलो सन्देश दिएको छ । जनतासंग टाढा भइसकेको कांग्रेस यो यात्राबाट उत्साहि भएको छ । लाखौं नागरिकसंग सम्पर्क गर्ने अवसर यो यात्राले दिएको छ । राजनीति गर्ने हो भने जनतासंग जोडिनुपर्छ भन्ने सिकाई त्यहाँका नेताहरुले गरेका छन् । सत्तामा आउनुभन्दा अघि भाजपाले पनि यस्ता यात्रा थुप्रै पटक ग¥यो र सफलता पायो । आफ्ना एजेण्डा जनतासंग राख्न जनतामाझ जान जरुरी छ । एकातिर मोदीको लोकपृयता कम हुँदै गएको छ अर्काे तर्फ राहुल गान्धीको यात्राले नागरिक स्तरमा कांग्रेस प्रति आशा पलाउन थालेको जनताले महशुस गर्न थालेका छ । सन् २०२४ हुने लोकसभाको निर्बाचनमा पनि मोदी एकछत्र रुपमा आउने अनुमान गरिएको थियो तर यो यात्राले कांग्रेस र भाजपा बीच टक्कर हुन्छ भनेर अनुमान गर्न थालिएको छ । यो खालको राजनीति नेपालमा पनि हुनुपर्ने थियो । यहाँ त प्रतिपक्ष हुनै नखोज्ने । प्रतिपक्षमा भएपछि आफ्ना फाइल खुल्छन् कि भन्ने त्रास छ । आफ्ना फाइल खुल्ने डरले प्रतिपक्षको भूमिका ननिभाउने हो भने सत्तापक्ष निरकुंश हुँदै जाने निश्चित हो । बिदेशीको आडमा सत्ताको रेहफेर हुने भएकाले मात्र हो नत्र भने ओली सरकार पनि निरकुंश भएर अघि बढिरहेको थियो । ओलीले एउटा मात्र गल्ती गरे त्यो हो पुनारा भ्रष्टहरुको फाइल खोल्न समय दिएनन् । पुराना फाइल खोल्ने हो भने धेरै जेलमा हुन्छन् अनी प्रतिपक्ष पनि हुँदैनन् । तसर्थ नेपालमा सशक्त प्रतिपक्षको आवश्यक छ । सशक्त प्रतिपक्ष बिना अब सुधारको आशा गर्न सकिदैन । यसमा राजनीतिक दलको स्थान कुन हो त्यो ठाउँमा बस्न जरुरी छ ।