प्रहरीले पक्राउ गरेका जानकीका ५ ट्याक्टर छुटे प्रहरी पक्राउ गर्ने पालिका जस लिएर छुटाउने

टीकापुर, २२ बैशाख/इलाका प्रहरी कार्यालय टीकापुरले बिहीबार नदीजन्य पदार्थ सहित पक्राउ गरेका जानकीका ५ ट्याक्टर शुक्रवार छाडेको
छ । प्रहरीले जानकी गाउँपालिका को पत्रका आधारमा ट्याक्टरलाई विना कारवाही छोड्ने तयारी गरेको हो । जानकीले पक्राउ परेका ट्याक्टरले ठेक्का भएको ठाउँबाटै उत्खनन गरेको र रसिद पनि काटेको भन्दै पत्र पठाएपछि प्रहरीले पक्राउ गरेका ट्याक्टर छाडेको हो ।
टीकापुर नगरपालिका क्षेत्रबाट पक्राउ गरेका ३ वटा ट्याक्टर बारे भने टीकापुर नगरपालिकाले पत्र पठाएको छैन । प्रहरीले आवश्यक कारवाहीका लागि भन्दै टीकापुर र जानकीलाई पत्र पठाएको थियोे ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख विश्वराज अधिकारीले पालिकाको पत्रका आधारमा ट्याक्टर छोड्न थालिएको बताउनुभयो ।
प्रहरीले केही दिनअघि ५ वटा ट्याक्टर र एउटा भ्याकुलोडर टीकापुर ७ सत्ती कर्णाली सामुदायिक वनबाट पक्राउ गरेर नगरपालिकालाई बुझाएको
थियो ।
नगरपालिकाले ट्याक्टर लाई प्रति ट्याक्टर १५ हजार, भ्ययाकुलोडरलाई ५० हजार रुपैया जरिवाना तिराएर छाडेको पालिकाले जनाएको छ । अबैध उत्खनन रोक्न प्रहरीले काम गरेपनि पालिकाले जस लिदै पक्राउ परेका ट्याक्टर छाड्न थालेका छन् । यसरी ट्याक्टर छाडेपछि अबैध उत्खननमा जनप्रतिनीधिको मिलोमतो छ भनेर शंका गर्ने ठाउँ रहेको स्थानीय बासिन्दाको भनाई छ । मनपरी उत्खनन भएको थाहा पाउँदा पाउँदै पनि पालिकाले मिलाएर पठाउनु भनेको अराजकता लाई प्रसय दिनु हो ।
यस वर्ष नगरपालिकाले बस्ती डुवानको जोखिममा पर्ने भन्दै नदीजन्य पदार्थको ठेक्का लगाए को छैन ।
नगरपालिकाको २०८० चैत २९ मा बसेको ३१ औंँ कार्यपालिका बैठकले कर्णाली नदीले बर्सेनि आफ्नो धार परिवर्तन गरी नदी कटान एवम् भुक्षयका कारण टीकापुर नगरपालिकाका अधिकाँश वडाहरुमा बाढी तथा डुवान हुने हुँदा ठूलो धनजनको क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै चाुल आर्थिक वर्ष २०८०÷८१ मा नदीजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा० ठेक्का बन्दोबस्त नगर्ने निर्णय गरेको छ ।