टीकापुर, १० असोज/ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक बिश्वराज अधिकारीको सरुवा भएको छ । अधिकारीको सरुवा सम्पत्ती सुद्धिकरण अनुसन्धान बिभाग प्रहरी शाखा काठमाण्डौमा भएको हो ।
अधिकारी बिहवार (आज) आफ्नो नयाँ कार्यक्षेत्रमा जान लाग्नु भएको बताउनुभयो । ‘‘सबैको सहयोग पाए, शान्ति सुरक्षा प्रदान गर्दा स्थानीयको सहयोग आवश्यक पर्छ’’, अधिकारीले भन्नुभयो ,‘‘ टीकापुरको बसाई सुखद भयो । ’’ अधिकारी २०८० साल भदौ २७ गते टीकापुरमा आउनु भएको हो । अधिकारी टीकापुर आएपछि ठूलो संख्यामा लागु औषध प्रयोगकर्तालाई मुद्धा चलाउनु भएको थियो ।
लागु औषध नियन्त्रणमा नायव उपरिक्षक अधिकारीले प्रभावकारी भूमका निभएको स्थानीयको भनाई छ । ‘‘गस्तीमा आफै खट्ने गरेको र गुनासो सुनेर निर्णय लिने क्षमता भएकै कारण नागरिकले प्रहरीको अनावश्यक रबैया झेल्नु परेन,’’ समाजसेवी शेरबहादुर साउँदले भन्नुभयो,‘‘कतिपय अवस्थामा माथिल्लो निकायले सहयोग नगर्दा समस्या भएको घटना छन् ।’’ समग्रमा अधिकारी को टीकापुर बसाई सम्झने लायक भएको साउँदले बताउनु भयो ।
अधिकारीको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काण्ठमाण्डौबाट प्रहरी नायव उपरिक्षक नविन राजा बुढाथोकी आउनु हुने भएको छ । बुढाथोकी शुक्रवार हाजिर हुने बुझिएको छ ।