प्लास्टिकका झोला प्रयोग रोक्ने वस्तुगत संघका प्रतिनिधिको प्रतिवद्धता

टीकापुर,२१ असार/उद्योग वाणिज्य सङ्घ अन्तर्गतका वस्तुगत सङ्घहरूले टिकापुरमा प्लास्टिक का झोलाको प्रयोग घटाउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार टिकापुर नगरपालिका मा भएको उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, वस्तुगत सङ्घका प्रतिनिधि र सल्लाहकारहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
टीकापुर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज रिमाल, सल्लाहकार गोपाल चौधरी,परमानन्द पाण्डे, होटल व्यवसायी सङ्घका कैलाली अध्यक्ष खेमराज कुँवर, औषधि व्यवसायी सङ्घका पुष्पराज उपाध्याय, कस्मेटिक व्यावसायिक संघ कैलालीका अध्यक्ष भागीरथी बम, खाद्यान्न गल्ला संगठन टीकापुरका अध्यक्ष भीमबहादुर ठकुला, किराना व्यवसायी सङ्घका प्रतिनिधि महेश्वर भण्डारी लगायतले टीकापुरमा प्लास्टिकको प्रतिबन्ध लगाउनु राम्रो काम भएकाले यसलाई व्यवसायीहरू उपभोक्ता ले व्यवहारमा लागू गर्न गर्नुपर्ने सुझाव दिएका छन् ।
नगर प्रमुख रामलाल डगोरा थारुले सहरलाई सुन्दर र प्लास्टिक प्रदूषण मुक्त बनाउन व्यवसायी उपभोक्ता शिक्षक कर्मचारी विद्यार्थी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।


प्रमुख थारुले साउन १ देखि टीकापुरमा प्लास्टिकको झोलाको प्रयोग गरिने भएकाले प्लास्टिकका झोलाको बिक्री वितरण नगर्न र व्यापारी र उपभोक्तालाई आग्रह गर्नुभयो उहाँले प्रयोग नरोकिए कानुन अनुसार सजाय हुने र यस्ता गतिविधिबारे सूचना दिने लाई जरिवानाको केही प्रतिशत पुरस्कार दिइने पनि जानकारी दिनु     भयो ।
उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले टीकापुरमा प्लास्टिक को बढ्दो प्रयोगले सिँचाइ कुला मार्फत खेतखेतमा प्लास्टिक थुप्रिएको र त्यसको अंश खानेकुरा मार्फत मानिसको पेटमा गइरहेको बताउनु भयो । प्लास्टिकको झोलाको प्रतिबन्धपछि आफ्नो माटो र मानव स्वास्थ्य जोगाउन उपभोक्ताहरूले कपडाको झोला प्रयोग गर्ने बानी बसाल्न अनुरोध गर्नुभयो ।
सहभागीहरूले कालो प्लास्टिक पूर्णरूपमा बन्द गर्ने र सेतो प्लास्टिक प्लास्टिकका बोतलहरू पुनः प्रयोगका लागि सहजीकरण गर्न नगरपालिकालाई अनुरोध गरिएको छ । यसका साथै सुर्ति, गुटखाको बिक्री स्थलमै खोल व्यवस्थापन गर्नुपर्ने सुझाव सहभागीले दिएका छन् ।