टीकापुर, १६ जेठ/ टीकापुर स्थित अवसर प्लास्टिक हाउसका प्रोपोराइटर अमर सिह चौधरी ले गर्मीको समयमा पानी खान नपाएर सडकमा भौतारिइ रहेका जनावरको लागि पानी खाने प्लास्टिकका भाडा पत्रकार गणेश क्षेत्री लाई हस्तान्तरण गरेका छन ।
प्लास्टिकका भाडा हस्तान्तरण गर्दै चौधरीले तिर्खाएको र भोकाएका जनावरहरुलाइ आफुले सहयोग गर्दै आएको र पत्रकार गणेश क्षेत्री ले जनावरहरुलाइ सहयोग गर्न आग्रह गरेपछी सहयोग गरेको र अझै भबिस्यमा समेत सहयोग गर्ने वचन दिनुभयो ।
ती हस्तान्तरण गरियका भाँडाहरु गुम्बा रोडमा आकाश चौधरी,नगरपालिका नजिकै सल्यानी छालाजुत्ता सप्लायर्सका खुशिराम सार्की , सामुदायिक एफ एम नजिकैको मोटरसाइकल मेकानिक, मनमौजी कुल्फिका सन्चालक र ओसो ग्रुपका महेश बिष्टलाइ सडकमा रहेका जनावरहरुलाइ पानी खुवाएर सहयोग गर्ने तत्परता देखाएपछि हस्तान्तरण गरिएको छ ।
तिर्खा कस्लाइ लाग्दैन रु पानी बिनाको जीवन त कल्पना पनि गर्न सकिँदैन । तिर्खा लागेको समयमा ४१ डिग्री तापक्रम मा १५ मिनेट मात्रै पनि पानी खान नपाएमा के होला भनेर कल्पना पनि गर्न सकिँदैन ।
गर्मीको मौसममा पानी तिर्खालागे पछी मान्छेले पानी खान्छ , चिसो पेयपदार्थ खान्छ , जुस खान्छ तर जनावर आफुलाइ तिर्खा लागेको भन्न सक्दैन बोल्न सक्दैन तर जनावरको वास्ता एकदमै कम ब्यक्तिले मात्रै गरेको पाइन्छ ।
मान्छे जस्तै जनावरहरु पनि पानी खान नपाएमा बेहोस सम्म हुने र किडनि फेल समेत हुनसक्छ भने जनावरहरु सिथिल हुनुका साथै डिप्रेशन मा समेत जान सक्छन ।
पावर ट्रेलरको आगमन सङ्गै जोत्ने गोरुहरु बिस्थापित भए भने गाईले दूध दिउन्जेल सम्म दूध खाने तर दूध दिन छोडेपछि अथवा गाई बुढो बिरामी भएपछि सडक मा छोडेर मानबता बिहिन कार्य भएको समाजसेबी डबल रावल ले बताउनुभयो ।
पोलिटेक्निक टीकापुरका डा नन्दलाल खत्रीले जनावरहरुलाइ पनि मान्छे जस्तै कम्तिमा पनि ३ पटक पानीको आवस्यकता पर्ने बताउनुभयो ।
टीकापुर गौशालालाई नमुना गौशाला बनाउन लागिपरेका अध्यक्ष लोक बहादुर बुढा ले गर्मी को मौसममा जनावरहरु पानी खान नपाएर भौतारिइ रहेको अवस्थामा ठाउँ ठाउँमा पानी खाने भाँडोको ब्यवस्था अवसर प्लास्टिक हाउसले गर्नु निकै मानबिय कार्य भएको बताउनुभयो ।
पशु क्रुरता बढ्दैछ दुःखद कुरा हो । बोल्न नसक्ने आफ्नो दुःख पीडा व्यक्तगर्न नसक्ने जनावरहरुलाइ सबैले सहयोग गरेमा मात्रै मानबताको मूल्य मान्यता रहने अध्यक्ष बुढा ले बताउनुभयो