सम्पादकीय
सामान्यतया बजेटमा सत्ता पक्षका सांसदले सहमति जनाएको हुनुपर्छ। सत्ता पक्ष भएका कारण बजेट पास गर्नु सत्ता पक्षका सांसदको कर्तव्य हो । बजेट पास पनि भयो । प्रजातन्त्रमा प्रतिपक्षले बजेटको बिरोध गर्नु स्वभाविकै हो । बजेटका सवालमा सत्ता पक्षका सांसदहरुले पास गर्नुपर्ने भएपछि बिरोध गर्नुको केही अर्थ हुँदैन । पार्टी ह्वीप लाग्ने भएका कारण सांसदले दलले भनेको मान्नुपर्छ । बजेट पास भएन भने सरकारको अर्थ हुँदैन । यो सबै कुरा यतिखेर बिरोध गर्ने सांसदहरुलाई पनि थाहा छ । बजेट परिवर्तन पनि हुँदैन भन्ने थाहा छ । कतिपय सांसद बिरोध गरेर के गर्ने परिवर्तन हुँदैन भनेर मौन छन् । धेरै सत्ता पक्षका सांसद चुपचाप छन् । केही खरो स्वभावका सांसदहरुले प्रतिपक्ष भन्दा कडा रुपमा बजेट बिनियोजनाका बारेमा बिरोध गरेका छन् । रोष्टममै गएर सांसदले मन्त्रीहरुको खरो बिरोध गरेका छन् । सत्ता पक्षका सांसदले खरो रुपमा बिरोध गर्नु स्वभाविक मानिदैन । अति भएपछि सत्ता पक्ष न प्रतिपक्ष भनेर सत्ता पक्षका सांसदले आक्रोस प्रकट गरेका छन् । रोष्टममै गएर आक्रोस पोख्दा देशभर एउटा सन्देश गएको छ त्यो हो केही बहादुर सांसद कहलिएका छन् । केहीले बजेटको बिरोध गरेपछि जनताको सच्चा प्रतिनीधिहरु यिनी हुन् भनेर सामाजिक सञ्जालमा कुरा आएका छन् । सामाजिक सञ्जालमा केही सांसदहरु यस पटक छाएका छन् । सत्ता पक्षका सांसदहरुले म¥यादा नाध्नु परेको छ । अति गरेपछि बजेटको बिरोध भएको हो । बलिया नेताले सबै बजेट लैजाने संस्कृति अन्त गर्नुपर्छ। पार्टी भित्र अहिले बजेटको चरम असन्तुष्टि छ । बजेटको असन्तुष्टिले पार्टीमा अबिश्वास जन्मिएको छ । मन्त्रीकै दोलो काढ्ने गरी रोष्टममा गएर बोलेपछि मन्त्रीको मुख मलिनो देखिएको छ । बजेट सन्तुलित हुनुपर्छ भन्ने माग स्वभाविक हो । पार्टीको भोट देशभरबाट बटुल्ने अनी बजेट र अवसर केही निश्चित जिल्लामा मात्र गएपछि असन्तुष्टि स्वभाविकै हो । तसर्थ नेतृत्वले विकास बजेटमा सबैको भावना समेट्नेगरी काम गर्नुपर्छ । जनताले तिरेको कर अधिकतम सदुपयोग हुने गरी योजना ल्याउन जरुरी छ ।