बजेट आएपछि छटपटी

सम्पादकीय
टीकापुरमा विकास बजेट खासै आएको छैन् । प्रजातन्त्र आएपछि रानी जमरा कुलरिया सिंचाई आयोजना मार्फत यस क्षेत्रमा अर्बाैको बजेट आएको सबैलाई थाहा छ । त्यो बाहेक फाट्टफुट्ट बजेट आइरहेको छ । जति बजेट पाउनुपर्ने हो आजसम्म बजेट पाएको छैन । लम्की खक्रौला सडक खण्डमा बर्तमान भौतिक योजना तथा यातायात मन्त्री रघुबिर महासठेले बजेट हालेको कुरा सबैले बुझेको कुरा हो । त्यसै गरी ब्लक ‘ए’ को सडक निर्माण र अन्य योजनामा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केशीले ५५ करोड बजेट दिएकै हो । यसरी आएको बजेट मैले ल्याए भनेर श्रेय लिन आपसमा होडवाजी ग¥यौ । जनप्रतिनीधि र समाजसेवीको काम बजेट ल्याउने र आफ्नो ठाउँको विकास गर्नु कर्तव्य हो । आफुले गर्नुपर्ने कर्तव्यलाई भजाएर अरु माथि शासन गर्ने सोच पालेपछि एकता हुने कुरै भएन । बजेट आएन भनेर धोर हात लगाउनेहरुले संघ संस्थामा भइरहेको वेथितिका बारेमा बोल्दैनन् । आफ्नै हातले हुने काममा खरो प्रदर्शन नगर्ने अनी अरुलाई बजेट ल्याएन भनेर सुझाव र आक्रोस व्यक्त गरेर आफु जान्ने छु भनेर बोल्नु बेइमानी हो । बजेट ल्याउनलाई टीकापुरमा भएका सांसदहरुलाई एक ठाउँमा राखेर छलफल कहिले भयो ? एकजना सांसदले बोलाएको बिषयलाई कतिपयले अतिरञ्जित गरे । बिचार र मन नमिल्ने भएपछि राम्रो र नराम्रो छुट्याउन नसक्ने अनी बजेट आएन भनेर धारे हात लगाउने ? भएका जनप्रतिनीधिहरुलाई एक ठाउँमा बस्ने वातावरण बनेको     छैन । संघ संस्था ओगटेर बस्ने अनी आफुले मन पराएको या आफ्ना मान्छेलाई प्रमुख अतिथि बनाएर अर्काे जनप्रतिनीधिलाई यस्तो पनि गर्न सक्छौ भन्ने संदेश दिएर मान मर्दन गर्ने समाजमा कसले काम गर्न सक्छ ? जनप्रतिनीधिको को काम जनताको सेवा गर्नु हो । विकास गर्नु उसको दायित्व हो । जनताको प्रतिनीधि भएर गएको व्यक्तिले काम गर्नुपर्छ । यसको मतलव बिचार नमिलेकै भरमा अपमान गर्नु होइन । अरुलाई धारे हात लगाउँदा सोच्न जरुरी छ । जे गरेपनि हुन्छ , जे बोलेपनि हुन्छ भन्ने मानसिकताले टीकापुरको विकास हुँदैन । टीकापुरमा भइरहेको गलत प्रबृत्तिका बिरुद्ध चुइक्क नबोल्ने बरु आफ्नो स्वार्थ मिल्छ भने ठिक भनेर साक्षि बस्ने अनी बेलाबखत टीकापुरलाई माँया गरे जस्तो गरी विकासका कुरा गर्नु गलत हुन्छ । टीकापुरबासीले गम्भिर सोच्न जरुरी छ ।