गणेश क्षेत्री
टीकापुर, १६ माघ/बाढीपीडित संघर्ष समितिले रानी जमरा कुलरिया सिचाइ आयोजनाको कार्यालय टीकापुरमा शनिबार ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र मा ४ बुँदे माग रहेको बाढीपीडित संघर्ष समितिका अध्यक्ष धनसिह साउँद ले बताउनु भयो ।
ज्ञापनपत्रमा सत्ती कर्णाली सामुदायिक बनको क्षेत्रमा शिद्दी शाही कन्स्ट्रक्सनले बिगत ७ बर्ष देखिको थालनी गरेको अपुर्ण काम सप्पन्न गर्नुपर्ने । दोस्रो बुँदामा कार्तिक २ गतेको बाढिबाट क्षेतिग्रस्त शाहिपुर को तटबन्ध तुरुन्तै मर्मत गर्नुपर्ने । तेस्रोमा निर्माण सप्पन्न भइसकेका बटनपुर , अरुणा ,खक्रौला क्षेत्रमा क्षेतिग्रस्त काम पुन निर्माण तुरुन्तै गर्नुपर्ने । चौथोमा सिम्रेनी ईन्टेकबाट निस्केको पानी ले सत्ती कर्णाली सामुदायिक बनको बन पैदावार सदुपयोग गर्न असहज भएकोले सो क्षेत्रमा पर्ने ३ वटा पुलहरु को यथासिघ्र निर्माण सुचारु गर्ने रहेका छन् ।
ज्ञापनपत्र बुझ्दै आयोजना प्रमुख केदार श्रेष्ठले प्रकृति संगैै हामिहरुपनी दोषि हुनाले समस्या उत्पन्न भएको बताउनु भयो । सबैभन्दा प्रमुख नदिको दोहन गर्नु र दोस्रोमा पहिला को अनुपातमा नदि साघुरिदै जानाले समस्या भएको र ठेकेदार को लापरबाहीले गर्दा समस्या उत्पन्न भएको बताउनु भयो । समयमै काम सम्पन्न नगर्ने सिद्दिसाइ कन्स्ट्रक्सनलाई नियम बमोजिम कार्बाही गर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।
टीकापुर नगरपालिकाको मेयर तपेन्द्र बहादुर रावलले विशेष गरेर दक्षिण पुर्बीभेग बर्सेनि डुबानमा पर्नु निकै दुख लाग्दो भएको बताउनुभयो। अब मन्त्रालयमा धायर समेत समस्या को समाधान गर्न पहल गर्ने बताउनुभयो ।
टीकापुर नगरपालिकाका प्रबक्ता तथा वडान ८ का अध्यक्ष दिर्घ ठकुल्ला ले ठेकेदार को लापरबाही को कारणले
जनता डुबानमा पर्ने बताउदै अब छिटोभन्दा छिटो निकास निस्किने बताउनुभयो । पत्रकार एकेन्द्र तिमिल्सिनाले समयमै निर्माण गर्न नसक्ने ठेकेदारलाइ कालोसुचिमा राखेर पुनः टेन्डर को प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । तिमिल्सिनाले जनताहरु त्रसित छन् तर ढाकछोप गर्ने प्रयास हुदैछ भन्नुभयो ।
बाढिपिडित संघर्ष समितिका अध्यक्ष धनसिह साउँद ले जनताको जिउ धन माथी कसैले खेलवाड गर्न नपाउने बताउनु भयो ।
अध्यक्ष साउँद ले सिद्दी साइ कन्स्ट्रक्सनले ७ बर्ष सम्म पनि निर्माण सप्पन्न नगर्दा सम्म पनि कुनै किसिमको कानुनी कार्बाही नहुनू ले माथिसम्म को चलखेल
भएको प्रष्ट हुन्छ भन्नुभयो । यो भन्दा अघि जति ढाकछोप गरेपनी अझैपनी ढाकछोप गर्ने प्रयास भयोभने जनता चुपलागेर नबस्ने बताउनुभयो । कर्णाली नदिमा हुने तटबन्ध राष्ट्रिय गौरब को आयोजना रानी जमरा कुलरिया सिचाइ आयोजना मार्फत हुने गरेको छ ।