टीकापुर , १२ बैशाख/टीकापुरमा बाल अधिकार समिति तथा न्यायीक समितिका सदस्यसँग अधिकार प्रवद्र्धन सम्बन्धी छलफल भएको छ ।
युनिसेफको सहयोगमा सामुदायिक विकास केन्द्र डोटी ९सिडिसी० द्धारा सञ्चालित किशोरी सशक्तिकरण परियोजना र टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बाल अधिकार स्थापित गर्न र संरक्षण गर्न बाल अधिकार समिति र न्यायीक समितिको भूमिका बारे छलफल भएको छ ।
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख संगीता शाहले पालिकामा हुनुपर्ने समितिले पालिकामा विभिन्न कार्य गर्दै आएको भए पनि आउँदा दिनमा थप कार्यक्रम बिस्तार र समितिले गर्नुपर्ने कामबारे सहज हुने बताउनुभयो ।
कार्यक्रम सहजीकरण गर्दै अधिबक्ता झंकर बहादुर कुँवरले बालबालिकाका अधिकारका कुरा गर्दा विशेष संरक्षण र विभिन्न अधिकारको सुरक्षा सरकारले गर्नुपर्ने बताउनुभयो ।

उहाँले २० वर्ष मुनी विवाह गर्ने कानून बनाउने विषयमा देशैभरिका छोरीहरुले विरोध गरिरहेको बताउँदै २० वर्ष अघि विवाह गरेमा छोरीका लागि घाटा हुने बताउनुभयो ।
कार्यक्रममा युनिसेफ नेपाल धनगढीका बाल संरक्षण अधिकृत प्रकाश कैनीले बालबालिकाको अधिकार संरक्षणका लागि स्थानीय पालिकामा रहेको स्थानीय बाल अधिकार संरक्षण समितिलाई बाल अधिकारका लागि थप प्रभावकारी भूमिका निभाउन जिम्मेवार बनाउन छलफलले सघाउने बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक लालविर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक तिलक चौधरी ले आगामी आर्थिक वर्षका योजना छनोट गर्ने समय नजिकिएकाले आउँदा दिनमा बालमैत्री बजेट आउने आशा गरिएको बताउनु भयो ।