सम्पादकीय
रेमिट्यान्समा रमाएका छन् नेपालका नेताहरु । देशमा रोजगारको वातावरण नभएपछि बिदेशीनु हरेक युवाहरुको बाध्यता हो । बिदेशमा गएर बचत गरेको पैसा नेपालमा पठाउने र त्यही पैसाले जीवन निर्बाहा गर्ने गरेका छन् । बिदेशमा कमाएको पैसा सदुपयोग गर्ने सवालमा नेताहरु गम्भिर छैनन् । पढने जाने बिद्यार्थी नेपाल फर्कने मुडमा अधिकांस छैनन् । बिद्यार्थीहरु त्यही टिक्ने योजनामा छन् । दुख सुख गरेर अर्काको देशमा टिक्नु सजिलो हुँदैन । संघर्ष गरेर अर्काको देशमा बस्ने भएपछि नेपालको जनसंख्या पलाएन हुने निश्चित छ । अबको जेनेरेसन बिदेश पलायन हुने र त्यसपछि ग्याप हुने निश्चित हो । अबको केही बर्षमा जनसंख्या अति कम हुने हो । मुलुकमा यस्तो अवस्था भएपनि राजनीतिक दलका नेताहरुसंग ठोस योजना छैन । आफ्ना नागरिक पलायन हुनबाट रोक्ने योजना छैन । एकातिर अधिकारको कुरा गर्नेहरु सत्तामा र प्रतिपक्षमा छन् अर्काे तर्फ युवाहरु बिदेश गएर जीवन निर्बाहा सहज होला भनेर कस्सिएका छन् । युवाहरु कोरिया जानका लागि मरिहत्ते गर्छन । अहिले नेपालीहरु बिश्वका धेरै मुलुकमा भेटिन थालेका छन् । नेपालीहरु नपुगेको ठाउँ छैन भन्न थालिएको छ । भाषा परिक्षाका लागि फारमभर्दा गणतन्त्रको याद गर्छ्न की गर्दैनन् भनेर अधिकारका लागि लडेका नेताहरुले सोच्छन् की साच्दैनन् भन्ने हो । पढेका युवाहरु हुन् या अन्य तहका कर्मचारी पनि कोरिया जान पाए हुन्थ्यो भन्नेमा छन् । एक पटक गएपछि धेरै राहत हुन्छ भन्ने बुझेका युवाहरु कोरिया पहिलो गन्तव्य भएको छ । यो त परिक्षा दिने भएकाले तथ्याकं बाहिर आयो अरु देशका लागि जाने कति होलान ? बिदेश गएर आफ्नो भविष्य निर्माण गर्नुपर्ने अवस्था छ । यसरी अर्काको भूमिमा गएर ल्याएको पैसा बिभिन्न करका बाहानामा राज्यले लुट्ने गरेको छ । नागरिकले आफ्नो जीवन हत्केलामा राखेर काम गर्ने त्यही अधिकारका कुरा गरेर नथाक्ने नेताहरु र तिनका आफन्तले मोजमस्ती गर्ने भएपछि देशमा कस्तो खालको शान्ति होला ? शान्ति र अमन चयनका कुरा भए । तसर्थ रेमिट्यान्समा रमाएर बस्ने होइन आफ्नो जनशक्ति बचाउने योजना ल्याउन जरुरी छ । रोजगार भनेको सरकारी नौकरी मात्र हो भन्ने मानसिकता छ । नीजि क्षेत्रले भरपर्दाेगरी रोजगार दिन सकेको छैन । रोजगार दिनका लागि नीजि क्षेत्रलाई कानून बनाएर कस्न जरुरी छ । उद्योगको सुबिधा राज्यबाट लिने तर रोजगारका सवालमा कामदारलाई ठग्ने काम भइरहेको छ यस्ता बिषयमा राज्य गम्भिर हुनुपर्छ ।