गणेश क्षेत्री
टीकापुर, १० पुस/बिपि निकुञ्ज सामुदायिक वन उपभोक्ता समुह को सार्बजनिक सुनुवाइ तथा २५ औ बार्सिक साधारण सभा टीकापुर नगरपालिका वडान ६ मा सम्पन्न भएको छ ।
शम्भु कडायतको सभापतित्व मा भएको कार्यक्रममा वडा नं। ७ का अध्यक्ष यज्ञ प्रसाद न्यैपाने प्रमुख अथिति रहनु भएको थियो ।
विशिष्ट अथितिमा साबिक नारायणपुर गाबिसका निबर्तमान अध्यक्ष फकिर सिह कडायत र सब डिभिजन वन कार्यालयका हिरन्ड रावल रहनुभएको थियो ।
प्रमुख अथिति न्यौपाने ले उजाड मरुभूमि लाइ हरियो बनमा परिणत गर्न स्थानीयको महत्वपूर्ण भुमिका भएको बताउनुभयो । पिकनिक स्पोटको रुपमा चर्चामा आउन लागेको यो वनलाइ अझंै ब्यवस्थापन गर्नुपर्ने बताउँदै उपभोक्ता अझै सक्रिय हुनुपर्ने बताउनुभयो ।
उपभोक्ता समुहका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर नायकको स्वागत मन्तव्य सङ्गै सुरुभएको कार्यक्रम मा सामुदायिक बन उपभोक्ता महासंघ का सहजकर्ता प्रेमलाल ले कार्य योजना कार्यबिधि र बन सम्बन्धि संसोधित एनको जानकारी गराउनुभएको थियो । कालिका इङ्ग्लिस बोर्डिङ स्कुलका अध्यक्ष नृप बहादुर कडायत , पुर्ब अध्यक्ष उत्तम साउँद , प्रसेनि जनजागृति बिधुत सहकारी संस्थाका अध्यक्ष सिपि खनाल, जनशक्ति सामुदायिक वनका दिर्घ तिरुवा, सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२८ हेक्टरमा फैलिएको यो जङ्गलमा ६ सय १५ जना उपभोक्ता रहेका छन् । यो सामुदायिक बन मा औषधीको रुपमा जडिबुटि पिपलि , बेत , बाँस पाइने गरेको छ भने चारैतिर बाट नदिले घेरिएको बनमा गोहि र डल्फिन पाइने गरेको छ ।
बार्षिक प्रतिबेदन अध्यक्ष शम्भु कडायतले प्रस्तुत गर्नुभएको थियो ।
सभापतिको आसनबाट बोल्दै कडायतले आफ्नो लक्ष्य यो सामुदायिक वन लाइ नमुना वन बनाउने रहेको बताउदै वनको बिकास को लागि पार्टीगत, राजनीतिबाट टाढा रहेर सबैले निस्वार्थ रुपले लागेमा नमुना बन बनाउन सकिने बताउनुभयो । बार्षिक आयब्यय सचिब दुर्गा चौधरीले प्रस्तुत गर्नुभएको कार्यक्रम को संचालन सदस्य ज्ञान बहादुर रावल ले गर्नुभएको थियो । कार्यक्रममा १२ लाख ६८ हजार ५ सय ६७ रुपैयाँ प्रस्तुत गरियको थियो ।