टीकापुर, ३ जेठ/टीकापुर स्थित कैलाशेश्वर शिबमन्दिर पुननिर्माण र कैलाशेश्वर वेद बिद्याश्रमको स्तरोन्नति गर्ने उदेश्यले जेठ ७ गते देखि हुन लागेको ‘श्रीमद् भागवत सप्ताहा ज्ञान महायज्ञ–२०८०’ को तयारी तिब्र पारिएको छ । महायज्ञ आयोजकले मण्डब शुभारम्भ भएको जनाएका छन् । यसै गरी मञ्च तयारी , र टे्ण्ट को व्यबस्थापन गरिएको छ । यज्ञ समाग्री भारतको गुजरातबाट ल्याउने काम भएको महायज्ञ सञ्चालन व्यबस्थापन मूल समितिका महासचिब चक्रपाणी भट्टराईले जानकारी गराउनुभयो । ‘‘तयारी मा मूल समितिका सदस्यहरु खट्नुभएको छ,महायज्ञलाई व्यबस्थित र भव्य बनाउने प्रयास मा लागेका छौ’’भट्टराईले भन्नु भयो,‘‘महायज्ञबाट संकलन भएको रकमले मन्दिर पुननिर्माण गर्ने योजना छ । ’’ उहाँले अन्य महायज्ञ जस्तो खर्च गर्दैनौं भन्नुभयो । ‘‘महायज्ञमा भागवत भूषण पण्डित नारायण तिमिल्सिनाले बाचन गर्ने भएका कारण बाचन मा धेरै खर्च हुँदैन ।’’ भट्टराईले भन्नुभयो ,‘‘ टीकापुरको धरोहर मन्दिर जिर्ण भएर कतिबेला भत्कने हो भन्ने चिन्ता छ ।’’ १३ गते सम्म चल्ने महायज्ञमा ७ गते बिहान ७ बजे दिव्य कलश यात्रा हुने भएको छ । महायज्ञ अवधिभर बिहान ५ बजेबाट ७ बजेसम्म योग साधना हुने छ ।
यसै गरी दैनिक बिहान ८ देखि ११ बजेसम्म पूजापाठ , हवन जस्ता अनुष्ठान हुने छन् भने साँझ ७ बजे सन्ध्या आरती र राष्ट्रिय कलाकारबाट भजन हुने छ । महायज्ञ अवधिभर बिबाह, ब्रतबन्ध, ग्रहशान्ति ,लक्ष्यबर्ती , तुलादान, भूमिदान जस्ता अनुष्ठान चल्ने छन् । महायज्ञका दानबीरहरुलाई सम्मान कार्यक्रम पनि संगसंगै गरिने भएको छ । श्रीमदेभागवत, वेद पूराण गीताआदी सतसास्त्रको पाठ पूजा हवन आरती जस्ता आरधना गरिने भएको छ । अहिलेसम्म ५० जना भन्दा दानबीर सम्पर्कमा आएको आयोजकको भनाई छ ।
टीकापुर स्थित कैलाशेश्वर शिबमन्दिर यस क्षेत्रकै ऐतिहासिक मन्दिर भएपनि संरक्षणमा जनप्रतिनीधिको ध्यान नजाँदा समस्याका भएको हो । पछिल्लो समय मन्दिर व्यबस्थापन समिति मा नयाँ कार्यसमिति आएपछि मन्दिरको आम्दानी पारदर्शी हुन थालेको छ भने आस्था पनि बढ्न थालेको छ । मन्दिरकै आम्दानी खाने बानीले आस्थामा सचेत चोट लागेकै बेला केही बिद्धान अग्रजले मन्दिरमा ध्यान दिएपनि सामाजिक अगुवाको कम ध्यान गएको छ ।
टीकापुर नगरपालिकाले यस अघिका मेयर तपेन्द्र बहादुर रावल को अगुवाईमा मन्दिरको नक्सा र डिपिआर तयार पार्न पहल भएपनि अहिलेका जनप्रतिनीधिले वेवास्ता गर्दा तयार भएको डिपिआर मन्दिर व्यबस्थापन समितिले नपाएको स्थानीयको भनाई छ । ‘‘नगरपालिकाले तयार पारेको डिपिआर पास गरेर मन्दिर निर्माण गर्न पहल गर्नुको साटो जनप्रतिनीधिले अघिल्लो कार्यकालको भन्दै टार्ने काम गरिरहेको सुनिएको छ जुन सरासर गलत हो,’’ स्थानीय भुवनेश्वर अधिकारीले भन्नुभयो ,‘‘ टीकापुरको साँझा मन्दिर हो, यो मन्दिरले हामीमा एकताको भावना जगाउँछ भनेर नबुझ्दा समस्या भएको छ ।’’ उहाँले टीकापुरको शिबमन्दिर र पद्म प्रकाशेश्वर मन्दिर संरक्षण गर्ने काम स्थानीय सरकारको हो भन्नुभयो । महायज्ञमा टीकापुरबासीले खुल्ला ह्दय बनाएर दान आग्रह गर्दै अधिकारीले मन्दिरमा सेवा गरिरहेका अग्रजको भावना बुझ्न सबैलाई आग्रह गर्नुभयो । जमरा नदीको किनारमा रहेको शिमन्दिर बास्तु सास्त्र अनुसार पनि ठीक ठाउँमा निर्माण भएको बताइन्छ । यो मन्दिरमा आराधना गर्ने हरेकको मनोकामना पूरा हुने बिश्वास लिइएको छ ।