भुटानी शरणार्थीका सवालमा सचेत होऔं

सम्पादकीय
गणतन्त्र आएपछि नेपाली समाज चरम भ्रष्ट भयो । मानौ हरेक नागरिक भ्रष्ट छ जस्तो देखिन्छ तर सबै सत्य होइन । समाजका केही ठालूहरु भ्रष्ट हुँदा हरेक व्यक्ति भ्रष्ट भएको आम नागरिकमा परेको छ । सरकारी कार्यालयमा होस् या सामाजिक व्यक्ति होस् पैसाकै कुरा हुन्छ । देशमा पटक पटक भ्रष्टाचारका ठूला काण्ड भए तर सत्ता र शक्तीका कारण सामसुम पार्ने खेल भयो । ठूला आयोजनामा व्यापक भ्रष्टाचार हुँदै आएको छ । यस्तो व्यतिथी त नागरिकले सहेर बसेका थिए तर पछिल्लो समय भुटानी शरणार्थी प्रकरण जसरी बाहिर आएको छ यसले नेताहरुमा मानवता रहेनछ भन्ने प्रमाणित गरेको छ । आफ्ना नागरिकलाई भुटानी बनाएर पैसा अशुल्नेहरुको नियत प्रष्ट भएको छ । आफ्ना नागरिक अन्य देश जान नदिने नीति बनाउँनेहरु बिदेश पठाएर रकम असुल्छन् भने यस्ता अपराधीहरुबाट देश र जनताले न्याय पाउने कुरै भएन । जसरी पनि धन कमाउने सोचमा डुबेकाहरुलाई अगुवा मान्दा देशमा समस्या आएको छ । मुलक आर्थिक संकटमा छ तर नेताहरुलाई केही फरक परेको छैन । नागरिक गाँसकै समस्यामा परिसके तर नेताहरु लुट्नमा व्यस्त छन् । लुट्नमा व्यस्त भएको गीत आउँन प्रतिबन्ध लगाउनेहरुको सोच यतिखेर छताछुल्ल भएको छ । जनयुद्धमा लडेका नेताहरु मानव तस्करमा संलग्न हुनुलाई जनयुद्ध किन चाहिएको रहेछ भन्ने प्रष्ट भएको छ । तसर्थ सबै दलका नेताहरु मुछिन थालेपछि यतिखेर यो अपराध लुकाउने प्रयास भएको छ । तसर्थ जनता सचेत हुन जरुरी छ । यो घटनालाई सामसुम हुन नदिन नागरिक सडकमा उत्रन जरुरी छ । नागरिक सडकमा नउत्रने हो भने अदालतमा लगेर यो घटना सामसुम हुन्छ । नागरिकले गाउँबाट नै खबरदारी गर्न जरुरी छ ।