भ्रष्टहरुलाई चिनौं

सम्पादकीय
यतिखेर पूर्ब मन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा देखाएको हर्कतले देशभर भ्रष्टाचार र व्यतिथीका बारेमा बहस हुन थालेको छ । केही व्यक्तिलाई मोटाउन खोज्दा कर्म गरेर खाने व्यबसायीलाई मर्कामा पार्ने प्रयास भएको छ । कर घटाउनु र बढाउनु मन्त्रीको सुझबुझ मान्न सकिन्छ । कर घटाउने बढाउने कुराले देशको अर्थतन्त्रमा असर पर्छ । देश र जनताको पक्षमा अर्थमन्त्रीले काम गर्नुपर्ने हो तर निश्चित व्यक्तिलाई मोटाउन खेलेको भूमिका पुरै छताछुल्ल भएको छ । मन्त्रालयका कर्मचारीको भागाभाग हुने गरी काम गरेका रहेछन् भने जनार्दन शर्माले कसरी अर्थमन्त्री चलाएका रहेछन् भन्ने प्रष्ट बुझिन्छ । नेपाली उद्योगलाई बचाउने नीति ल्याउनुको साटो कंगाल बनाउने नीति ल्याएर कसैलाई अर्बपती बनाउने खेल छताछुल्ल भएको छ । गल्ति ढाकछोप गर्न सिसि क्यामाराको फुटेज नै नष्ट गर्नुप¥यो । जो जघन्य अपराध हो । चाहेको बेला मेटाउने भए किन चाहियो मन्त्रालयमा सिसि क्यामरा रु कति व्यतिथी जन्मेको रहेछ भन्ने यो घटनाले प्रष्ट हुन्छ । नागरिक जाग्न जरुरी छ । अब सडकमा नागरिक नआउने हो भने जनता ठगिने निश्चित हो । यतिखेर जनार्दन शर्माले देखाएको चरित्रलाई सामान्य रुपले लिन सकिन्न । लाज घिन केही नमान्ने संस्कारको विकास भएको छ । दबाब थेग्न नसकेर राजीनामा दिएको कुरालाई बग्यांएर नैतिकता देखाएको भनेर जनतालाई ठग्ने प्रचण्ड देशका लागि अभिसाप हुन् । मन्त्री भए देखि व्यक्ति मोटाउन उद्यत जनार्दन शर्मा लगायत सबै भ्रष्टहरुलाई हदैसम्मको कारबाही गर्न जरुरी छ । साथै एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा ओम्नीका बारेमा छानबिन गर्न चुनौती दिएका छन् तसर्थ बर्तमान सरकारले ओलीका पालामा भएका भ्रष्टाचारको यथासिघ्र छानबिन गरेर दोषीलाई कारबाही गर्न जरुरी छ । अब जनता पर्खने पक्षमा छैनन् । व्यतिथी चरम सीमामा पुगेको छ । यहि अवस्था हो भने बिनोद चौधरी लगायत अन्य व्यापारिक घरानालाई नेपाली जनताले सम्मान गर्नुपर्ने बाध्यता छैन । जनता सचेत हुनुपर्ने बेला आएको छ ।