सम्पादकीय
नेपालको राजनीतिमा भ्रष्टहरु हाबी हुँदै जाँदा सिंगो देशमा आक्रोसको महौल छ । जनता के गरौं भन्नेमा छन् । काम गर्ने वातावरण छैन त्यसैले त यो आर्थिक बर्षमा राष्ट्र बैङ्कले पटक पटक पैसा बैङ्कबाट तान्नु परेको छ । ३ प्रतिशतको हाराहारीमा बैङ्कले राष्ट्र बैङ्कलाई पैसा दिने गरेका छन् । लगानीको वातावरण भएको भए बैङ्कले राष्ट्र बैङ्कमा पैसा पठाउनुपर्ने थिएन । एकल बिन्दुमा लगानी गर्दा पनि ऋण लिन तयार छैनन् । नागरिकमा बैङ्कप्रति बिश्वास छैन । अहिले एकल बिन्दुमा ऋण दिने पछि १४ प्रतिशत पु¥याउछन् भन्नेमा जनता छन् । जनताले चर्को व्याज बुझाए । कोरोकालमा बैङ्क मोटाए ऋण लिने जनता रोडमा आए । जनता रोडमा आए सत्तामा बसेकाहरु रमिता हेर्छन् । यस्तो अवस्था भएपछि कसले ऋण लिएर काम गर्छ रु माफिया र केही प्रतिशत राम्रा मान्छेले ऋण लिएको पाइन्छ । राम्रा मान्छेले लिने ऋण भनेको अति न्यून हो । दलाली गरेर पैसा कमाउन पल्केकाहरु उद्योग धन्दामा भन्दा नेताहरुलाई रिझाएर पैसा कमाउन व्यस्त छन् । उद्योगमा लगानी गरे के हो, के हो नेताहरुलाई पैसा दिएपछि एक को चार त्यति नभए दुई त पक्कै हुन्छ । साना उद्योगिले व्यबसाय गर्ने वातावरण छैन । नेपालमा फस्टाएको एउटै व्यबसाय हो समाजसेवा । समाजसेवा भन्ने कुरा दिनप्रतिदिन बद्नाम हुन थालेको छ । समाजसेवा भनेको सेवा होइन कमाउन हो भन्ने भाष्य बनेको छ । अवसर पाएका अधिकांस बद्नाम छन् । संघ संस्थामा नेतृत्व गर्ने हुन् या जनप्रतिनीधि हुन् हरेक व्यक्ति यतिखेर बद्नाम छ । केही निश्चित व्यक्तिलाई अपवाद मान्नु पर्छ । निर्बाचनमा पैसा खर्च गर्नुपर्ने अवस्था छ । नागरिकको सेवा गर्न जान्छु भन्नेहरुले लाखौं खर्च के का लागि गर्छन् रु निर्बाचनमा मासु दारु खाने नागरिकको पनि गल्ती छ । नागरिकले स्वच्छ व्यक्तिलाई छान्ने हो भने मासु भातको आडमा जनप्रतिनीधि हुने सपना देख्न छाड्ने थिए । संघ संस्थामा होस् या जनप्रतिनीधि भएर काम गर्ने अवसर पाएको व्यक्तिले कस्तो ग¥यो भन्ने बारेमा समाजका हरेक व्यक्तिले निस्पक्ष रुपमा मुल्याकंन गर्न जरुरी छ । नागरिकले स्वतन्त्र भएर बिचार गर्न जरुरी छ । देश संकटमा भएकाबेला सबै गम्भिर हुन जरुरी छ ।