भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी

सम्पादकीय
स्थानीय पालिकाका अध्यक्ष र केही कर्मचारी मिलेर सञ्चारको पैसा कमिसन खाँदा स्थानीय सञ्चारगृह मर्कामा परेका छन् । स्थानीय स्तरमा पत्रकार उत्पादन हुने अवस्था छैन । राजनीतिक दल र जनप्रतिनीधिले कार्यक्रम गर्दा पत्रकार खोज्ने गरिएपनि स्थानीय तहमा पत्रकार बचाउने सवालमा गम्भिर छैनन् । पत्रकारले सुबिधा खाए , खाए भनेर हल्ला गर्ने गरिएको छ । विज्ञापनबाट चल्ने सञ्चारगृह विज्ञापन कहीबाट नपाएपछि स्थानीय सञ्चारगृह कसरी बाच्छन् रु सञ्चारगृह र पत्रकार बाच्ने आधार भएन भने जनताका विषयमा कसले मुद्धा उठाइदिन्छ रु पत्रकारले सबै बिषय बाहिर ल्याउन सकेका छैन होलान् तर पत्रकार मात्र नभएको भए व्यथिती कुन हदसम्म पुग्थ्यो होला रु पत्रकार सबै राम्रा नहुन सक्छन् त्यसको मतलव पत्रकार चाहिदैन भन्ने होइन । सञ्चारमा छुट्याएको बजेट राष्ट्रिय पत्रिकामा सूचना हालेर सक्ने गरेका छन् भने आफ्ना मान्छेलाई बिभिन्न बहानामा रकम दिने गरेका छन् । सञ्चारको बजेट खाने सवालमा टीकापुरका कर्मचारी छन् भने जानकी र जोशिपुरमा जनप्रतिनीधि र कर्मचारी मिलेका छन् । यसरी सञ्चारको पैसा दुरुपयोग गर्दा बर्षौ देखि सञ्चारगृह चलाएका सञ्चारगृह र पत्रकार ठगिएका छन् । समाजमा भएका बिकृतीका बारेमा होस् या प्रचारात्मक कार्यक्रमका लागि स्थानीय पत्रकार चाहिने अनी पत्रकारको बजेट कमिसन खाने रु स्थानीय सरकार भन्ने सूचना प्रकाशित गर्न राष्ट्रिय पत्रिका मात्र खोज्ने रु टीकापुरमा नआउने राष्ट्रिय पत्रिकामा सूचना हाल्ने गरिएको छ । सूचना टीकापुरका लागि हो भने ती पत्रिका टीकापुरको बजारमा किन आउँदैनन् । टीकापुरमा नआउने पत्रिकामा सूचना हाल्नुलाई के बुझ्ने रु जनप्रतिनीधिहरुको प्रचार गर्न पत्रकार चाहिने अनी बिज्ञापन बाहिरका पत्रकारलाई । स्थानीय पालिकाले लाखौं रुपैया सञ्चारमा खर्च गर्दै आएका छन् तर स्थानीय पत्रकारले स्थानीय तहमा मागेर खानुपर्ने बाध्यता बनाइएको छ । स्थानीय स्तरमा प्रकाशित हुने पत्रिका र सञ्चालनमा रहेका रेडियोको बारेमा अनुगमन र कभरेजका बारेमा बुझ्ने काम स्थानीय सरकारको
हो । आफुले गर्नुपर्ने काम नगर्ने कमिसनमा व्यस्त हुने जनप्रतिनीधिबाट नागरिकले के आशा गर्ने रु सञ्चारकै बजेटमा ¥याल काढ्ने कर्मचारी र जनप्रतिनीधि
कस्ता छन् भनेर स्थानीय तहमा गएपछि थाहा हुन्छ । तसर्थ जनता सचेत हुन जरुरी छ । सिंहदरबार गाउँगाउँमा भनिएपनि भ्रष्टाचारीहरु गाउँगाउँमा पुगेजस्तो भयो । भ्रष्टहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी छ ।