मन्त्रालयको टोलीले गर्यो टीकापुरमा विपद् व्यवस्थापनका कार्यको अनुगमन

टीकापुर, २७ चैत्र/मन्त्रालयको टोलीले टीकापुर नगरपालिकामा भएका विपद् व्यवस्थापनका कार्यको अनुगमन गरेको छ । मन्त्रालयको टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनमा गरेका असल अभ्यास र चुनौति बारे जानकारी लिएको हो । अनुगमनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,         राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग,राष्ट्रिय पञ्जिकरण विभाग, नेपाल रेडक्रस सोसाइटी, डेनिस रेडक्रसका प्रतिनिधि सहभागी थिए ।
अनुगमनका क्रममा टीकापुरले विपद्का क्षेत्रमा असल अभ्यासहरु गरिरहेको र आउँदा दिनमा पूर्व तयारी र प्रतिकार्यका क्षेत्रमा थप काम गर्न सुझाव दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका द्रोणराज निरौलाले टीकापुरमा विपद्मा अनुकरणीय काम गरेकाले असल अभ्यासका रुपमा अन्य पालिका मा समेत साट्ने गरेका, नीति निर्माण जस्ता कार्यमा यसलाई प्रयोग गर्ने बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले विपद्मा टीकापुरले गरेका कार्य सहनीय रहेका बताउँदै बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्व सूचना दिएर क्षति कम गर्न सकिने बताउनुहुन्छ । उहाँ पूर्व सूचना महत्वपूर्ण भएकाले यसमा काम गर्नुपर्ने र स्थानीय पालिका बलियो भएमा विपद्का क्षेत्रमा काम गर्न सकिने भएकाले स्थानीय आपतकालिन केन्द्र बलियो बनाउने, सामग्री दिने, तथ्याक व्यवस्थापन मा सघाउने गरिएको बताउनुभयो ।
विपद् जोखिम न्यूनिकरणका लागि मौसम पूर्वानुमान सम्बन्धी सूचनालाई थप प्रभावकारी बनाउन स्थानीय तहमा रहेको सञ्जाल थप प्रभावकारी बनाउन आवश्यक छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द कुमार झाले नेपालमा प्राकृतिक प्रकोप धेरै रहेकाले हरेक मौसम सम्बन्धी जानकारी दिने भएकाले वेवसाइट हेर्न, विभागले दिएका जानकारी समुदायमा पुगाएर प्रतिकार्यमा जुट्न आग्रह गर्नुभयो ।
राष्टिूय परिचय तथा पञ्जिकरण विभागका अधिकृत जुना खड्काले टीकापुरले सामाजिक सुरक्षा भत्तालाई विपद्सँग जोड्ने कार्य प्रभावकारी रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले पूर्वानुमानमा आधारित पूर्व कार्य लोकप्रिय कार्यक्रम भइरहेको बताउनुभयो । उहाँले पूर्वानुमानका स्रोतबाट नागरिकको घरसम्म सूचना पु¥याउने कार्य महत्वपूर्ण रहेको बताउनुभयो । कार्यवहाक नगर प्रमुख दीपक निसानीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले गर्नुभएको थियो । कार्यक्रममा विपद सम्पर्क ब्यक्ति निर्मला चौधरीले पालिकाले गरेका कार्य र पालिकाको अवस्थाबारे जानकारी दिनुभएको थियो ।