‘मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुंदैन’

काठमाडौं, १५ कात्तिक/नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उहाँले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर गर्नुभयो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

‘चुनाव रेशम थारू, लक्ष्मण थारू र धनिराम थारूले यो चुनाव मा भाग लिन पाएनन् भने म यस मञ्चबाट भन्छु यो देशमा फेरि चुनाव हुँदैन,’ चौधरीले भन्नुभयो, ‘सिंगो समूदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ रु नेपाली कांग्रेस, नेकपा एमालेको इतिहास के थियो रु शेरबहादुर, ओली र प्रचण्डको इतिहास के थियो रु जेनजीको इतिहास के छ ?’
साथै, उहाँले अहिले आफूलाई चुनाव लड्न नदिने भनेर जेनजी अगुवा पुरुषोत्तम यादवले भन्दै हिँडेको बताउँदै त्यसप्रति आपत्ति जनाउनुभयो ।
‘अहिले चुनाव लड्न दिन्नँ भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो,नेता हुन दिन्नँ भन्छन् । देश परिवर्तन गर्ने हामी, संविधान मा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, कलम चलाउनेले फैसला गरिदिने रु अनि त्यो फैसलालाई हामीले मानिदिनु पर्ने रु,’ चौधरीले भन्नुभएको छ ।