टीकापुर,७ चैत्र/महालक्ष्मी विकास बैंक शाखा कार्यालय टीकापुरले बुधबार खड्क स्मृति माध्यमिक विद्यालयमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ग्लोबल मोनी विक २०२५ मनाउने क्रममा वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सचेतना कार्यक्रम गरेको छ ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृतिको विकास गर्ने उद्देश्यले सो कार्यक्रम गरेको टीकापुरस्थित महालक्ष्मी विकास बैंक टीकापुर शाखाका प्रबन्धक पदम बहादुर कठायतले जानकारी दिनुभयो ।

उहाँले थिङ्क विफोर यू फ्लो, विस मोनी टुमारो भन्ने नाराका साथ ग्लोबल मोनी विक २०२५ को १३ औं श्रृखला मनाइएको जानकारी दिनुभयो ।

शाखा प्रबन्धक कठायतले विश्वव्यापी वित्तीय चेतनामुलक अभियन हालसम्म १ सय ७६ मुलुकका ६ करोड भन्दा बढी बालबालिका र युवामा पुगिसके को पनि जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरु लाई बैंक भनेको के हो रु बैंक खाताका प्रकारहरु, बैंकबाट ऋण कसरी लिन सकिन्छ, बैंक ऋणको सदुपयोग कसरी गर्ने, पूँजी निमार्ण कसरी गर्न सकिन्छ, आम्दानी बढी र खर्च कम गर्ने र बचत गर्ने बानीको विकास गर्ने साथै डिजिटल बैकिङ, शेयर कारोबार सम्बन्धि चेतनामुलक संदेश प्रदान गरियो । उक्त कार्यक्रमा ८८ जना विद्यार्थीहरुको उपस्थिति रहेको शाखा प्रबन्धक कठायतले जानकारी दिनुभयो ।