महालक्ष्मी विकास बैंक लिमिटेडको २९ औं वार्षिक उत्सवको शुभ अवसरमा टीकापुर शाखाले शनिबार रक्तदान कार्यक्रमको अयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको टीकापुर शाखाका प्रबन्धक पदम बहादुर कठायतले जानकारी गराउनु भयो । साथै उहाँले रगतको कमिले कसैंको ज्यान नजाओस् भन्ने उद्देश्यले यो शाखाले रक्तदान कार्यक्रम गरेको बताउनुभयो अनि आफ्नो अमूल्य रगत दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद प्रकट गर्नुभएको थियो शाखा प्रबन्धक कठायतले । तस्बिरः टीकापुर दैनिक