सम्पादकीय
नेकपा माओवादीका सांसद गजेन्द्र महतको अराजकताले आम नागरिकलाई निरास तुल्याएको छ । जे गरेपनि हुन्छ र जे बोलेपनि हुन्छ भन्ने मानसिकताबाट महतले संसदमा बिचार राखेका छन् । संसदको आयु मसिंरसम्म पु¥याउने सोचमा रहेका माओवादीहरु राप्रपा जत्तिका पनि भएनन् । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सत्ता पक्षको गलत मानसिकता बुझेर सदनबाट राजीनामा घोषणा गर्दै तलब भत्ता नहाल्न सभामुखलाई आग्रह गरे । लिङ्देनको यो कामबाट देशभरका जनता खुसि छन् । तर सत्ता पक्षका केही सांसद मात्र दुखि देखिन्छन् । जनभावना अनुसार लिङ्देनले काम गरेका छन् । जनभावना अनुसार माओवादीका सांसदले पनि काम गरेको भए जनता खुसि हुने थिए । तर माओवादीको दम्भमा लिङ्देनको उक्षितो काढ्दै महतले संसदमा बोझ कम भएको कुरा गरे । यस्ता कुतर्क गर्नेहरु जनताका प्रतिनीधि कसरी हुन सक्छन् ? जनताको नाम भजाउने अनी आफ्नो स्वार्थ पुरा गर्ने माओवादीका सांसद महत आफुलाई क्रान्तिकारी ठान्छन् । महतले संदमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको पनि आलोचना गरे । महतले राणाको मानसिक स्वास्थ्य जाूच गर्नुपर्ने भनेका छन् । महतले बोल्दै जाूदा जनताले के भन्छन् भन्ने बारेमा हेक्का राखेको पाइएन । राणाले गणतन्त्रमा अदालतको अवस्था र राजनीतिक दलका नेताहरुले सर्बाेच्च अदालतलाई कसरी नियन्त्रण गरेका रहेछन् भन्ने भेद खोलेकोमा धन्यवाद दिनुको साटो मानसिक स्वास्थ्य परिक्षणाको कुरा गरेका छन् । यस्तो तल्लो स्तरको बिचार राख्ने महत निर्बाचित क्षेत्रका जनताले के सुबिधा पाए होलान् । आफ्नो निर्बाचन क्षेत्रमा कस्तो भूमिका निभाए होलान् भन्ने महतको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । ससंद जस्तो गरिमामय ठाउूमा बोल्दा जनतालाई राहत दिने गरी बोल्नुको साटो जनभावना बिपरित बोल्ने अधिकार कसरी पाए ? गणतन्त्रमा भित्रिएका बिकृतिलाई कम गर्ने उपाय खोज्नुको साटो अदालतलाई प्रभाव पार्ने र जनताको कुरा नसुन्नेहरुबाट देश चल्न सक्दैन । देश असफल भइसकेको रहेछ । बिस्फोट हुन मात्र वाँकी छ केवल झिल्को कतिबेला बल्ने हो । यस्तो अराजकताबाट देश र जनताले राहत महशुस गर्ने कुरै भएन । तसर्थ नागरिक सचेत हुन जरुरी छ । सत्ता र शक्तिको आडमा जे पनि बोल्ने र गर्नेहरुबाट देशलाई बचाउन जरुरी छ ।