माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न

गणेश क्षेत्री
टीकापुर, १३ माघ/कैलाली को टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता को सेमिफाइनल खेल सम्पन्न भएको छ । सेमिफाइनल खेल सगरमाथा युथ क्लब ‘ए’ र एम वाइ सि मिलनचोक बिच सम्पन्न भएको थियो ।
खेलको ७ मिनेटमा आयोजक सगरमाथा युथ क्लब १ गोल गर्न सफल भएको थियो । यम वाइ सि मिलन चोक ले केहि बेरमै गोल फिर्ता गरेको थियो ।

सगरमाथा युथ क्लब ले तुरुन्तै १ गोल गरेपनि एम वाइ सि मिलनचोक ले पुनः १ गोल गरेपछि मध्यान्तर सम्म खेल २ः२ भएर बराबरि भएको थियो ।
मध्यान्तरको केहि बेरमै सगरमाथा युथ क्लब ले थप १ गोल गरेको थियो । मध्यान्तर पछि एम वाइ सि मिलनचोक ले कुनै गोल गर्न नसकेपछि आयोजक सगरमाथा युथ क्लब २ का विरुद्ध ३ गोल गरेर बिजयि भएको थियो । फाइनल खेल मा आयोजक सगरमाथा युथ क्लब ए र युनाइटेड एकेडेमी बिच हुने अध्यक्ष योगेन्द्र साउँद ले बताउनु भयो ।
प्रथम पुरुस्कार ५१ हजार नगद र शिल्ड रहेको छ भने द्वितीय पुरुस्कार ३१ हजार नगद र सिल्ड रहेको छ