मानव अधिकारको रक्षा गर्न हुराड्सको माग

टीकापुर, १८ चैत्र/मानव अधिकारका क्षेत्रमा क्रियाशील संस्था सचेतन तथा सामाजिक विकास केन्द्र (हुराडस) ले यही चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक घटना प्रति चिन्ता व्यक्त गरेको छ ।
आइतबार बसेको संस्थाको बैठकले राजतन्त्रको माग गर्ने समूहले काठमाडौंमा गरेको आन्दोलनका नाममा व्यक्तिको ज्यानै जाने गरी हमला गर्ने, घाइते बनाउने, व्यक्तिका घरहरुलाई निशाना बनाउने, लुटपाट गर्ने र उश्रृङ्खल कार्य गरेकोमा ती कार्यहरुको निन्दा गरेको छ ।


संविधान सभाबाट निर्वाचित जनप्रतिनिधिहरुले लेखेको संविधान अनुसार राज्य सञ्चालन भैरहेको र आवधिक निर्वाचन बाट जनमत अनुसारका दल र व्यक्तिहरु निर्वाचित हुने संबैधानिक व्यवस्था भएकाले यसैको सिमाभित्र रही विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई सभ्य रुपमा प्रयोग गर्न राजावादीहरु लाई समेत आग्रह गर्दछु ।
हुराडसका अध्यक्ष फिरुलाल चौधरीद्वारा जारी विज्ञप्तीमा राज्यको कानुन अनुसार व्यक्तिको बाँच्न पाउने, व्यवसाय गर्न पाउने अधिकारको रक्षा गर्न र विभिन्न नाममा भएका उश्रृङ्खल कार्यहरु रोक्न सरकारलाई अनुरोध गरिएको छ ।