सम्पादकीय
सत्तामा बसेका नेताहरुले म्यादीमा देखिएको भिडलाई अध्ययन गरेको भए आफुहरु कहारु छौं भनेर बुझ्ने मौका पाउने थिए । करिब ४० हजार रुपैयाँका लागि काम गर्न तयार छु भन्दै प्रहरी कहाँ जम्मा भएका युवाहरुको पीडा नेताहरुले बुझेको भए मुलुक सकारात्मक बाटो तर्फ अघि बढ्ने थियो । बीए एमए गरेको युवाहरु म्यादीको लाइनमा बसेका छन् भने आमाहरु केही रकम पाए घरको गर्ज टारौंला भन्दै लाइनमा बसेका छन् । बेरोजगार युवाहरुको यो पीडा सत्तामा बसेकाहरुले बुझेका छैनन् । गणतन्त्रका लागि १७ हजार नागरिक मराए तर नागरिकको जीवन स्तर खस्कदो अवस्थामा छ । निर्बाचन प्रयोजन लागि ४० दिनका म्यादी प्रहरी हुन हरेक जिल्लामा युवाहरुको भिड देख्न पाइन्छ । भदौ ३० गते पहिलो दिनमै थामिनसक्नु भिड देख्न पाइन्छ । असोज ६ गतेसम्म आवेदन दिने समय भएपनि पहिलो दिनमै भिड लागेको छ । गणतन्त्र नागरिकका लागि आएको रहेनछ भन्ने यसबाट प्रष्ट हुन्छ । हरेक क्षेत्र अस्तव्यस्त बनाएर नेताहरुले आफु र आफ्ना आसेपासे मोटाउने काम मात्र गरेका छन् । राज्य दोहनमा नेताहरु लागेका छन् । विकास बजेट आधा पनि प्रयोग हुँदैन । जनताले गाँस काटेर तिरेको कर चरम दुरुपयोग भइरहेको छ तर राजनीतिक दलका नेताहरु सुधारको बाटोमा जाने छाँटकाँट देखाउँदैनन् । कसरी हुन्छ सत्ता र शक्तिको आडमा जनता माथि शासन गर्ने रणनीतिमा राजनीतिक दलका नेताहरु लागेको पाइन्छ । परिवर्तन जनताका लागि भनिएपनि परिवर्तन नितान्त नेता र तिनका नातेदारका लागि हो भन्ने प्रष्ट भएको छ । यो व्यतिथीले मुलुक अघि बढ्न सक्दैन । नागरिक सचेत हुन जरुरी छ । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छे छन् । यसरी राम्रा र नराम्रा नछुट्याउने हो भने लुटेरा नेताहरु हाबी भइरहने छन् । लुटेरा नेताहरु हाबी भइरहने हो भने देश श्रीलकां हुने निश्चित हो । समाजमा भएका राम्रा मान्छे खोजेर जनप्रतिनीधि बनाउन जरुरी छ । निर्बाचनका बेला जाूड रक्सी र पैसामा कोही पनि बिक्नु हुँदैन । मसिंरमा हुने निर्बाचनमा राम्रा मान्छेलाई जिताउन नागरिकले प्रयास गर्नुपर्छ । नत्र भ्रष्टहरुको बोलवाला भइरहने छ ।