सम्पादकीय
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रबी लामिछाने पतनको बाटोतिर लागेका छन् । रबीले जनताको मत त पाए तर उनी पहिले नै समस्यामा घेरिएका रहेछन् । चितवनका जनताले जिताएर पठाए तर उनी दोहोरो पासपोर्टमा फसे र राजिनामा दिनु प¥यो । राजिनामा दिएपछि पुनः चितवनका जनताले उपचुनाव मार्फत झन बढी मतले जिताएर पठाए । पछिल्लो पटक अझ बढी मत पाउनुको एउटै कारण हो पुराना पार्टीले रबीलाई लखेटे भन्ने हो । पुराना पार्टीका शिर्ष नेताहरुको हर्कतले नागरिक दिक्क भएको कुरा सत्य हो । ठूलो दल र मधेशका केही दलको पूरै सिण्डिकेट छ । सिण्डिकेटमा मुलुक चलाएर बेथिति निम्ताएको सत्य हो । यो सत्यलाई चिर्न रबी प्रति नागरिकले बिश्वास गरे । यो बिश्वास दुई बर्ष नपुग्दै तुषारापात हुन थालेको नागरिकले महशुस गर्न थालेका छन् । एकताका रबीले बोलेको कुरा सामाजिक सञ्जालमा आए मिनेट मै हजारौं भ्यूज आउने गरेका छन् । तर अहिले यो अवस्था छैन । गृहमन्त्री भएपछि सहकारी ठगीमा नाम आउनु भनेको दुःखद् कुरा हो । सहकारी ठगीमा नाम आएपछि सत्य तथ्य छानविन हुनु गलत होइन । छानविन समिति बनाउन के गाहे भयो ? रबीको नाम छताछुल्ल भएको छ भने संसदीय समितिमा नाम उल्लेख गर्दा किन गाहे मान्ने ? अहिले रबीले देखाएको व्यबहार नयाँ भनेर सुहाउने खालको छैन । नयाँले त नयाँ पो देखाउने हो । पुरानै दोह¥याउने हो भने पुरानालाई किन गाली गर्ने ? रबी अरुलाई गाली गरेर आएका हुन् । गृहमन्त्री आफ्नै पार्टीको साथीलाई दिएर रबीले छानविनमा सहयोग गर्दा के हुन्छ ? छानविनसम्म धर्य नगर्नेहरुले नयाँको कुरा गर्नु गलत हो । रबी भन्दा त पुराना पार्टीका युवाहरुमा नैतिकता देखियो । तसर्थ नागरिक बहकाउमा लाग्नु हुँदैन । बहकाउमा लाग्दै जाँदा मुलुक संकटमा फस्दै गएको छ । रबी सहकारी ठगीमा मुछिएको सत्य कुरालाई बग्यांएर जनतालाई झुक्याउनु गलत हो । जनता समयमै सचेत हुन जरुरी छ ।