सम्पादकीय
नेपालको राजनीतिमा दरिद्रपन देखिन थालेको छ । आम जनताले बुझेका छैनन् हामी मात्र बुझ्छौ भन्ने गरी अभिव्यक्ती दिने गरेका छन् । एकीकृत नेकपा समाजवादी पार्टीका नेता तथा पूर्ब प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफुलाई अपमान गरेको भन्दै रुन थालेका छन् । गठबन्धनका कारण कम सिट आयो पनि भन्ने अनी गठबन्धन जोगाउनुपर्छ पनि भन्ने कस्तो राजनीतिक चरित्र
हो ? समाजवादीका २० लाख भोट हुन् ९ लाख मात्र आए भन्दै पूmर्ती हाक्दैछन् । कांग्रेस माओवादीका भोट जोडेर आफ्नो पार्टी बलियो छ भनेर जनतालाई ठग्ने प्रयास भएको छ । समाजवादी राप्रपा भन्दा कमजोर छ भन्ने सबैलाई थाहा छ । समाजवादी एक्लै लडेको भए अनी शक्ति थाहा हुने थियो । राम्रो काम केही नगर्नु अनी गठबन्धनका बलमा सत्तामा जाने र मोज गर्ने सपना देखेकाहरुलाई जनताले भोट दिने कुरै भएन । हरेक ठूला दलमा यतिखेर अराजकता र व्यतिथी देख्न पाइन्छ । गठबन्धन साच्चिकै देश र जनताका लागि हो भने भ्रष्टाचार र व्यतिथी कम गर्ने प्रयास किन भएन ? ओलीका पालामा भएको भ्रष्टाचार किन छानविन भएन ? ओलीका पालामा भ्रष्टाचार भयो भनेर कराउने नेताहरु यतिखेर सत्तामा बसेर के गर्दैछन् ? केवल जनतालाई ठग्ने काम मात्र भइरहेको छ । उत्पादन बढाउन नसके देशको आर्थिक अवस्था श्रीलङ्का हुने हो भनेर गभर्नर भन्दैछन् तर अर्थमन्त्री करको दायरा घटाउने बढाउने सुचना चुहाएर देशलाई लुट्नमा व्यस्त छन् । तसर्थ गठबन्धनका बारेमा नागरिकले प्रश्न गर्न जरुरी छ । सत्ताका लागि मात्र हो भने गठबन्धन आवश्यक छैन । एमालेलाई रोक्नका लागि मात्र हो भने यस्तो गठबन्धन किन चाहियो ? एउटा पार्टीलाई सत्तामा आउन नदिन पाँच दल मिल्नुपर्छ भन्ने तर्क आफैमा बेईमानी हो । यस्तो दरिद्र सोचले देश र जनताको हित गर्दैन । तसर्थ नागरिक सचेत हुन जरुरी छ ।