टीकापुर,२३ मंसिर/रानी कर्णाली सामुदायिक सपभोक्ता समूह टीकापुर २ सितापुरको १५ औं वार्षिक साधारण सभा जन लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सभामा समितिको आर्थिक वर्ष २०८०/०८१ को ५५ लाख ५० हजार ४ सय रुपैया बराबरको आय व्याय प्रस्तुत गरिएको थियो भने आगामी वर्ष २०८१/०८२ को ५७ लाख ४० हजार ९ सय ४० रुपैया बराबरको अनुमानित वजेट प्रस्तु गरिएको थियो । सभाले सामुदायिक वनका पूर्व कर्मचारीका श्रीमतिहरुलाई सम्मान गरेको थियो ।

सामुदायिक वनका अध्यक्ष रमेश विकको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न। २ का वडा सदस्य खम्म सिंह ठकुल्ला प्रमुख अतिथि रहनु भएको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य दिर्घ तिरुवा खोटेना भूराखानी सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष श्याम खत्री,सित्तल सामुदायिक वन उपभोक्ता समिति का अध्यक्ष कर्णबहादुर बुढा विशिष्टि अतिथि रहनु भएको थियो ।
आगामी दिनमा वनमा संचालित वेतबांस फर्निचर उद्योगलाई स्तरोन्नती गर्दै लैजाने बताइको छ ।