राप्रपा जनजीविकाको मुद्धा उठाउँदै

सम्पादकीय
प्रजातन्त्र र गणतन्त्रको कुरा गर्ने राजनीतिक दलका नेताहरु सत्तामा छन् तर जनजीविकाको सवालमा चुक्दै गएका छन् । महगिं र व्यतिथीले मुलुक थिलो थिलो हुँदै छ तर नेताहरु गैरजिम्मेवार पन देखाइरहेका छन् । यतिखेर मुलुक संकटमा छन् तर राजनीतिक दलका नेताहरु सत्ता स्वार्थमा छन् । प्रजातन्त्रका लागि लडेका र गणतन्त्रका लागि लडेका नेताहरु सत्तामा छन् । जनताको भावना बुझ्ने प्रयास नभएको आम नागरिकको गुनासो छ । हिजो पञ्चायतका बिरुद्ध नेताहरु लडे तर आज जनताको सवालमा काम गर्न सफल भएनन् । हिजो मण्डले भनेर गाली गर्दै भाषण गर्ने नेताहरुका बिरुद्ध आवाज उठ्न थालेको छ । हिजो निरकुंसवादी भनेर राप्रपालाई धारे हात लगाउने नेताहरुका बिरुद्ध यतिखेर राप्रपा आन्दोलनमा जान थालेको छ । जनताको जनजीविकाको सवाललाई मुद्धा बनाएर राप्रपा जनता माझ जान थालेको छ । राप्रपाले मल, भ्रष्टाचार र व्यतिथीका बारेमा जनतालाई बताउने कार्यक्रम तय गरेको छ । हिजो जसका बिरुद्ध लडे आज उसैले औला ठड्याउने परिस्थिती कसरी आयो भन्ने बारेमा नेताहरु समिक्षा गर्दैनन् । हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट नेताहरुले काम गर्दै आएका छन् । अधिकारका कुरा धेरै गरे नेताहरुले तर नागरिकलाई हात केही लागेको छैन । राप्रपाले अहिलेको सत्ताधारीलाई सचेत बनाउन खोज्नु भनेको अनौठो कुरा हो तर यसबाट के प्रमाणित हुन्छ भने मुलुक भयावह अवस्थामा पुगेको छ । नेताहरु नितान्त आफ्नो स्वार्थमा लागेका कारण जनताको सवालमा सरकारमा बस्नेहरुले काम गर्न सकिरहेका छैनन् । तसर्थ नागरिक सचेत हुन जरुरी छ । व्यतिथीका बिरुद्ध सबै एक हुन जरुरी छ ।