रेशमले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’,अध्यक्षमा रञ्जीता

टीकापुर, २० पुस/२०७२ साल को घटनाका मुख्य आरोपित माननीय रेशम चौधरीले नयाँ दल गठन गर्नुभएको छ ।
चौधरीको पहलमा सोमवार निर्बाचन कार्यालयमा ‘नागरिक उन्मुक्ति पार्टी ’ दल दर्ताका लागि निबेदन दर्ता गराइए को छ । आफंै अध्यक्ष भएर पार्टी दर्ता गर्न नपाए पछि सबैको सुझाव मा चौधरी की श्रीमती रञ्जीता श्रेष्ठ अध्यक्षको अध्यक्षतामा पार्टी दर्ता गरिएको हो । ‘‘रेशमलाई अध्यक्ष बनाएर दल दर्ता गर्ने प्रयास असफल भयो, पछि उहाँकी श्रीमती श्रेष्ठलाई अध्यक्ष बनाएर निबेदन दर्ता गरेका छौ ,’’ राजबन्दी रिहाई अभियानका सदस्य तथा बुद्धिजीवि दामोदर पण्डितले भन्नुभयो,‘‘ पार्टी को संरक्षण र मुद्दा रेशम चौधरी कै हो त्यसैले कैलालीका जनताको भावना यो पार्टीले बुझ्छ ।
उहाँले नयाँ पार्टीले थारु,दलित तथा बिपन्न बर्गको प्रतिनीधित्व गर्ने भएकाले सबैमा उत्साहा छाएको छ भन्नु भयो । ‘‘कैलालीमा देखिएको चरम एकाधिकारलाई यो पार्टीले रोक्नुका साथै स्रोत बाँडफाँड र अवसरका बिषयमा समेत यसका सदस्यहरु गम्भिर छन् । ’’ पण्डितले भन्नुभयो । दल दर्ता गर्न भृकुटी मण्डपबाट निर्बाचन अयोगसम्म बाजागाज सहितको झाूकी लिएर ठूलो संख्यामा शुभ चिन्तकहरु पुगेका थिए ।

स्रोतका अनुसार टीकापुर नगरपालिकाका नेपाली कांग्रेस का वडाध्यक्ष सहित स्थानीय कार्यकर्ता र एकीकृत माओवादी लगायत अन्य दलका नेता तथा कार्यकर्ता ‘नागरिक उन्मुक्ति पार्टी ’ दर्तामा सहभागि छन् । थारु समुदायको बाहुल्य रहेको कैलालीमा २०७२ को घटना पछि रेशम प्रति थारु समुदाय को भावनात्मक सम्बन्ध रहेको छ ।
थारु समुदायले राज्यले अधिकारबाट बञ्चित गरेको महशुस गरेका छन् भने केही थारु नेताहरुले थारु समुदायलाई भजाएर व्यक्तिगत स्वार्थ मात्र पुरा गरेको बुझेका छन् । अभियानका सदस्य लक्ष्मण किशोर चौधरीले कञ्चनपुर देखि कपिलबस्तु सम्मका थारु , दलित र बिपन्न नागरिकको अधिकार सुनिश्चित गर्ने गरी यो पार्टीको जन्म भएको बताउनु भयो । उहाँले थारु समुदायलाई भ्रममा राखेर केहीले राजनीति गर्ने प्रयास गरेको भएपनि पार्टी गठन भएपछि गाउँ गाउँमा गएर अभियान चलाउने बताउनुभयो ।
‘‘अधिकारका नाममा धेरैले भाषण गरे , थारु नेताहरुले आफ्नो समुदायको बारेमा पनि बोले तर जब २०७२ को घटना भयो अहिले भाषण गर्ने नेताहरु कहाँ छन्,’’ चौधरीले भन्नुभयो,‘‘ रेशम लगायत सर्बसाधारण थारुका छोराहरु अनाहकमा जेल जीवन बिताउन बाध्य छन् तर थारु नेताहरु मीठा कुरा गरेर थारु समुदायलाई आफ्नो स्वार्थका लागि पछि लाग भन्दैछन् ।’’
२०७४ सालको निर्बाचनमा कांग्रेस र एमालेको भोट मिलाउँदा पनि करिब दश हजार मत बढीले रेशम संघिय निर्बाचनमा विजयी हुनुभएको थियो । रेशम चौधरीले नयाँ पार्टी खोल्ने भनेपछि कैलाली मा तरंग देखिन थालिसकेको छ । थारु समुदायका युवाहरु अन्य दलमा खासै देख्न पाइदैन् ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा सहभागि भएको एक महिना नबित्दै थारु समुदायका नेता तथा कार्यकर्ता रेशमको नयाँ पार्टीमा सहभागि भएपछि नेपाली कांग्रेसलाई पनि घाटा हुने निश्चित भएको छ ।