लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी को १३ औं बार्षिक साधारण सभा

गणेश क्षेत्री
टीकापुर, १८ पुस/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड को १३ आंै बार्षिक साधारण सभा टीकापुर नगरपालिका वडा नं। ६ मा सप्पन्न भएको छ
सहकारीका अध्यक्ष कपुरसिंह कडायतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका सभासद माननीय उमादेबी बादि रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा न ६ का अध्यक्ष बलिराम चौधरी,साबिक नारायण गाबिसका अध्यक्ष फकिर सिह कडायत, साबिक नारायणपुर गाबिस का अध्यक्ष जङ्ग बहादुर साउँद, समाजसेबी देबिबहादुर राई रहनु भएको थियो ।

प्रमुख अतिथी सभासद उमादेबी बादिले सहकारी र सहकार्य एक अर्काको पुरक भएको बताउनुभयो । आजको स–सानो बचतले भोलि कुनै पनि समस्या आइपर्दा एकमुष्ट बचत निकालेर गर्जो टर्ने हुनाले बचत गर्ने बानी बसाल्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथी सभासद बादिले सहकारीको मेरुदण्ड भनेको शेयर सदस्य हुने भएकोले शेयर धनी बढाउनु पर्ने बताउँदै सहकारी नाफा मुलक मात्रै नभएर सामाजिक उत्तरदायित्व बहन गर्ने सस्थाको रुपमा पनि अफुले पाएको बताउनु भयो ।
सह–सचिब नृप बहादुर कडायतको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सामुदायिक सहकारी संस्थाका अध्यक्ष हरिकुमार कार्की,रामाबि बैदिका गोबिन्द कोइराला , प्रसेनी ग्रामीण बिधुत सहकारी सस्था का चतुर प्रसाद खनाल,नारायणपुर खानेपानी तथा सरसफाइ सस्था का अध्यक्ष चिरन्जिबी खनाल , नारायणपुर जेसिज का अध्यक्ष बिक्रम धामी, नारायणपुर रेडक्रस उपसाखाका अध्यक्ष टोप केसि लगायत ले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
संस्थाको सन्चालक समितीको तर्फबाट अध्यक्ष कपुरसिह कडायतले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समितिको प्रतिबेदन लेखा संयोजक जितेन्द्र बोहराले र ऋण उपसमितिको तर्फबाट संयोजक ओपेन्द्र बहादुर खड्काले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋणि र उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको छ उत्कृष्ट ऋणि लौटि देबि चौधरी,उत्कृष्ट बचतकर्ता कुल रानी चौधरी,मनोज चौधरी ,ठग्गु डगौरा थारु,भगवती चौधरी ,नैन बहादुर चौधरी र कुलराम चौधरी लाई प्रशंसा–पत्र सहित सम्मान गरेको छ भने संघ सस्थामा नोबेल पब्लिक स्कुल सत्ती र सुनसुनिया ग्रामीण बिधुत सहकारी सस्थालाइ सम्मान गरेको छ ।
सहकारीले सामाजिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आईरहेको छ । जस अन्तर्गत जेसिज फुटबल प्रतियोगिता , टीकापुर अस्पताल , शिव मन्दिर बेलुवा, बिन्धबासिनी मन्दिर नारायणपुर लगायतमा आर्थिक सहयोग गर्नुका साथै ओखरपुरमा शडक बत्तिमा सहयोग गरेको,प्रहरी चौकी सत्तिलाइ फर्निचर सहयोग गर्नुका साथै भजनी– ८ का बाढीपीडितलाई सहयोग गरेको ब्यवस्थापक यज्ञराज खनालले बताउनुभयो ।
संस्थाको शेयर पुँजि ६६ लाख ५४ हजार ९ सय ५० रुपैयाँ रहेको छ । शेयर सदस्य सङ्ख्या १ हजार १ सय ४३ जना रहेको छन् भने सस्थाले २६ लाख ४५ हजार ८ सय ८८ रुपैयाँ मुनाफा कमाएर १५५ लाभांश बाँड्न सफल भएको छ ।
कार्यक्रमको संचालन ऋण उपसमितिका संयोजक ओपेन्द्र बहादुर खड्काले गर्नुभएको थियो ।