टीकापुर, ११ असोज/लागू औषध दुव्र्यशन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागू औषधका क्रममा पक्राउ परेको व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता भएको छ । अर्को प्रहरीले लागू औषधका बारेमा निस्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता जनाइएको छ ।
बुधवार टीकापुरमा सम्बाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता जनाइएको हो । टीकापुर क्षेत्रमा लागू औषधको कारोबार बढेपछि सम्बाद समूहले सरोकारवाला पक्षसंग छलफल चलाएको हो ।
छलफल कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारीले लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि योजना बनाएर अगाडी बढ्ने बताउदै आफूहरुलाई सूचना दिन आग्रह गर्नुभयो ।
उहाँले लागूऔषध दुव्र्यसन न्यूनिकरण गर्न पुनस्थापना केन्द्रका सञ्चालकहरु पनि गाउँमा सचेतनाका लागि जानुपर्ने जोड दिनुभयो ।
रदिन टे«डिङ्गका दिपकजंग शाहले १९ वर्षसम्म आफू लागूऔषध दुव्र्यसनमा फसेर भागेको भोगाईलाई स्मरण गर्दै अब न्यूनिकरण गर्नका लागि छलफल चलाउने मात्र होईन आ–आफ्नो ठाउँबाट सबै जना लाग्नुपर्ने बताउनु भयो ।
नयाँ विहानी पुनसर््थापना केन्द्र का सञ्चलक कल्पेश कुँवरले प्रयोगकर्तालाई भन्दा ओसारपसार गर्नेलाई कडाई गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफूले प्रहरीमा सूचना दिए पनि कार्यान्वयन नभएको भन्दै लागू औषध दुव्र्यसनमा फसेकालाई परार्मश दिनुपर्ने बताउनुभयो । खुला बोर्डर छ भन्दै बहाना गरेर हुँदैन भन्दै कुँवरले भारतबाट नेपाल ल्याउनेलाई कडा कारबाही गर्नुपर्ने सुझाव दिनुभयो ।
मेयरको गैरजिम्मेवार व्यबहार
टीकापुरमा बढ्दो लागु औषधको बारेमा चिन्ता स्थानीय सरकारका जनप्रतिनीधिले गर्नुपर्ने हो । जनप्रतिनीधिले यस्तो गम्भिर विषयमा आफैले सक्रीयता देखाउनुको साटो कार्यक्रममा समेत आउन समय छैन ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगांैरा थारुले दिएको समयअनुसार कार्यक्रम भयो तर मेयर व्याडमिण्टन खेलमा व्यस्त भए कार्यक्रममा आएनन् । आफु नआएपछि आफ्ना स्वकीय सचिवलाई पठाएर स्थानीय राजाको आभाष दिलाउने प्रयास गरेका छन् । ‘‘लागू औषध र दुव्र्यसनीका बारेमा भयाबह अवस्था छ तर मेयरको यस्तो व्यबहारलाई के बुझ्ने ? ’’ नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति तथा सम्बाद सदस्य भुवनेश्वर अधिकारीले भन्नुभयो । ‘‘समाजमा देखिएको समस्या पहिचान गरेर समाधान गर्ने काम स्थानीय सरकारको हो त्यसका लागि पनि जनप्रतिनीधिले समस्या पहिचान गर्न यस्ता कार्यक्रम गर्न जरुरी छ’’, अधिकारीले भन्नुभयो, ‘‘स्वयमसेवकहरुले सहयोगीको भूमिका निभाउँदा राज्यको सुविधा खाने जनप्रतिनीधि अनुत्तरदायी भएपछि देशको गणतन्त्र कता जादै छ भन्ने हो ।’’
छत्र साउँदले आफू राम्रो सल्लाह सुझावको अभावका कारण समस्या परेको बताउनु भयो ।
उहाँले लागू औषध प्रयोग गर्ने मानिस गलत सही छुट्याउन सक्दैन, थाहा पाउदैन त्यस कारण त्यस्ता बालबालिका समुदायमा बढ्दै गए समस्या हुने बताउदै सबैलाई दोषी भन्नुभन्दा पनि मिले गए समस्या समाधान हुने बताउनुभयो ।
सामुदायिक सेवा प्रहरी टीकापुरका अध्यक्ष हरि तिमिल्सिनाले भ्याक्सिन अभियान संचालन, रोजगारीको ग्यारेन्टी गर्ने लगायतको कार्य गर्न सके न्यूनिकरणमा सहयोग पुग्ने बताउनु भयो ।
नेकपा एसका प्रतिनिधि जगदिश्वर पण्डितले प्रयोगकर्ता लाई मनोविज्ञानका विषयमा परार्मश दिन आवश्यक रहेको बताउदै कृषिको काममा लगाएर भए पनि व्यस्त बनाउनु पर्ने बताउनुभयो ।
उपेन्द्र बटालाले प्रयोग गर्ने मानिसलाई हुर्ने हेराईने फरक भएको बताउनुभयो । उहाँले योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्बाद समूहका सदस्य भैरव रावल र जीत बहादुर चौधरी, समाजवादी पार्टीका दिनेश थारु, नेपाली कांग्रेसका रविन्द्र चौधरी लगायतले बोल्नु भएको थियो ।
संवाद समूहको बारेमा संवाद समूहका सदस्य दानबहादुर विकले सम्बाद समूहको कायम र यसले निभाएको भूमिकाबारे जानकारी गराउनु भएको थियो ।
सदस्य गीता चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा सहजीकारण सहजकर्ता छत्र मल्लले गर्नुभएको थियो ।
धन्यवाद सहित सदस्य भैरव रावलले समापन गर्नुभएको थियो ।