सम्पादकीय
सुदूरपश्चिम प्रदेश सरकार गठन भएदेखि नै कमजोर खालको थियो । यस्तो कमजोर खालको सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीले पुरै ५ बर्षे कार्यकाल खाने लगभग निश्चित छ । सुदूरपश्चिम सरकारले विकास निर्माणमा सकारात्मक सन्देश दिन सकेन त्यसैले यस क्षेत्रका जनता प्रदेश सरकारको आवश्यक्ता छैन भनेर बोल्ने गरेका छन् । चरम व्यतिथी र भ्रष्टाचारले गाँजिएको सुदूरपश्चिम सरकारले सिक्ने प्रयास गरेन । ५ बर्ष बित्न लाग्दा अन्तिम बजेट ल्याउने क्रममा समेत सुदूरपश्चिम प्रदेश सरकारको चरम लापरबाही छताछुल्ल भएको छ । अर्थ मन्त्रीले बजेट पेश गरे वापत भत्ता बुझ्छन् तर बजेटका शिर्षकले सुदूरपश्चिमबासीलाई निरास बनाएको छ । सुदूरपश्चिमको रातो किताबमा लुम्बिनी प्रदेशका ठाउँको नाममा बजेट शिर्षकमा पारिएको छ । यो भन्दा लाजमर्दो कुरा के होला रु केवल सत्ता स्वार्थका लागि मरिहत्ते गर्ने प्रबृत्तिले जनताको काम भएन, भएन समग्र सुदूरपश्चिमबासी ठगिए । बर्षौ देखि सुदूरपश्चिम ठगिएको छ त्यसका लागि केन्द्रले क्षतिपूर्ती सहित बजेट दिनुप¥यो भन्नेहरु भएकै बजेट सदुपयोग गर्न लागेनन् । केवल जनतालाई ठग्ने काम भएको छ । मन्त्री र मुख्य मन्त्री हुनका लागि मात्र हो भने केही भन्नु छैन हैन भने ५ बर्षे कार्यकालको व्यतिथीको जिम्मा कसले लिने हो रु केवल भ्रष्टाचार मात्र भएको छ । ठोस योजना सुदुरपश्चिम प्रदेशको कुनै छैन । बजेट सक्ने काम मात्र भएको छ । तसर्थ सुदूरपश्चिमबासी सचेत हुन जरुरी छ । ५ बर्ष सुदूरपश्चिमबासीलाई ठग्नेहरुको चंगुलबाट बचाउन जरुरी छ । ५ बर्ष लुट्ने र जनताको कर दुरुपयोग गर्नेहरुलाई सामाजिक बहिस्कार गर्न जरुरी छ ।