लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

टीकापुर,१० मङ्सिर/शान्ति पुर्नस्थापना गृहको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार पहिलो दिन टीकापुर नगरपालिका वडा नं। ९ मा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सभा सदस्य माननीय मदन कुमारी शाह गरिमाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।
सभासद गरिमा शाहले महिला हिंसा कोसि प्रदेशमा सबैभन्दा धेरै र सुदुरपश्चिम प्रदेशमा कम हिंसा तथ्यांकले बताएको बताउनु भयो । २१ आंै शताब्दीमा महिला लाई पशु सरह किनबेच गर्नु निकै दुःखद् भएको बताउदै सामाजिक साँस्कृतिक र धार्मिक हिंसाको विरुद्धमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।


टीकापुर नगरपालिकाका उपमेयर खडक बहादुर शाहले शान्ती पुर्नस्थापना गृहले मानब बेचबिखन विरुद्ध गर्ने गरेको कार्य सर्हानिय भएको बताउनुभयो ।
सशस्त्र प्रहरिका गुल्मपती सुर्य प्रकाश शर्माले मानव बेचबिखन को विरुद्धमा सशस्त्र प्रहरी संबेदनशिल भएको बताउनुभयो बोर्डरमा सशस्त्र महिला प्रहरी हेल्प डेस्क मार्फत आवस्यक सोध पुछ गर्ने गरेको र संका लागेमा पुनर्स्थापना गृह सङ्ग समन्वय गर्ने गरेको बताउनुभयो ।
कालाकुन्डा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र बहादुर कुमालले मानव बेचबिखन भनेको दण्डनिय अपराध भएको र यो मानबता बिरोधि कार्य भएकोले प्रहरीले शान्ति पुनर्स्थापना गृहले मानब बेचबिखन विरुद्ध गर्ने कार्यमा सक्दो सहयोग गर्ने बताउनुभयो ।
पुर्नस्थापना गृहकी प्रीयङ्का देबकोटाले महिला तथा बाल बालिका रोजगारीको सिलसिलामा ईन्डिया तथा तेस्रो मुलुकमा जादा श्रम तथा शारीरिक शोषण को शिकार हुने र बेश्यालयमा समेत बेचिन सक्ने हुनाले सोधपुछ गर्दा सहि जानकारी दिएमा बेचबिखन हुनबाट जोगिन सक्ने बताउनुभयो
हेल्थ डेस्क खक्रौलाका इन्चार्ज मकेन्द्र रोकायाले ईन्डिया जाँदा बालबालिका तथा महिला विभिन्न खाले प्रलोभनमा परेर जाँदा यौन शोषण मा पर्नेहुनाले सजग भएर घरपरिवार को सरसल्लाहमा मात्रै जानुपर्ने बताउनुभयो ।
हेल्थ डेस्कको कर्मचारी रुक्मणि धामिले सकेसम्म आफ्नै देशमा श्रम गर्न सकिन्छ भने गर्ने नत्र ईन्डिया जाँदा चिनजानकै भरमा र फेसबुकमा परिचय भएकै भरमा जाँदा बेस्यालया नारकिय जीवन जिउन बाध्य भएको प्रसस्तै घटना देखेको ले सजग हुनुपर्ने बताउनुभयो ।
टीकापुर नगरपालिका वडा न ९ महिला तथा बालबालिका उप शाखाको समन्वय र कालाकुण्डा प्रहरी चौकिको समन्वयमा भएको कार्यक्रमको स्वागत अन्जु कुँवर ले गर्नुभएको थियो ।