टीकापुर, १ कात्तिक\वलिगाउँ सेवा समिति टीकापुरले शनिबार दशैं,तिहार मिलन कार्यक्रम गरेको छ ।
वलिगाउँ सेवा समितिका अध्यक्ष चन्द्रबहादुर रावलको सभापतित्व मा भएको कार्यक्रममा ज्येष्ठ नागरिक रुप बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो ।

दिप प्रज्जवलन गर्दैै प्रमुख अतिथि रावलले दशैं,तिहार मिलन कार्यक्रमले यस क्षेत्रमा रहेका दाजुभाइहरुको बीचमा सद्भाव, सहकार्य, भाइचारा र मौलिक संस्कर संस्कृतीको जगर्ना पनि हुने भएकोले यस्ता कार्यक्रम गर्दै जानु पर्ने बताउनुभयो ।
उहाँले यस वलिगाउँ सेवा समिति लाई अगाडी बढाउनका लागि कार्य समितिमा रहनुभएका पदाधिकारीहरु लाई सक्रिय भएर लाग्न पनि सुझाव दिंदै भर्खरै गएको बडादशैं र नजिककै आईरहेको शुभदिपावली र छठ पर्व २०८२ को शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा टोप बहादुर रावल,चेतराज कट्टेल, रामचन्द्र शर्मा कट्टेल, लोक बहादुर बिष्ट लगायतले शुभ कामना मन्तव्य दिनुभएको थियो ।
वलिगाउँ सेवा समितिका सदस्य सुरेन्द्र बहादुर रावलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव केशवराज शर्माले गर्नुभएको थियो ।