टीकापुर, ९ पौष/खेलकुदको क्षेत्रमा राज्यले लागनी नगर्दा खेलाडीले सफलता पाउन सकेका छैनन् भने अभिभावकले बाल बालिकाको खेलप्रति भएको रुचि मार्ने गरेका छन् । खेलेर जीवन निर्बाह गर्ने अवस्था छैन । खेलप्रति बाल बालिकाको रुचि भएपनि प्रशिक्षक र खेल सामाग्रीको अभावले खेलकुदमा राज्यको उपस्थिती खासै देख्न पाइदैन । हरेक अप्ठ्यारा भए पनि टीकापुरमा करोते प्रशिक्षक बबरजंग शाहीले विगत २१ वर्षदेखि निरन्तर बालबालिकालाई सितोरीयो कराते प्रशिक्षण दिइरहनुभएको छ ।

शाहीले २१ वर्षमा करिब ५ हजार जनालाई कराते प्रशिक्षण दिइसक्नुभएको छ । यसरी तालिम लिएका ३÷४ जना एसियन गेममा सहभागी हुन पुगेका छन् भने सोहिता थापा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान हुन सफल भएकी छन् । उसो त शाहीबाट प्रशिक्षण लिएका ८÷१० जना राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएको प्रशिक्षक शाहीले बताउनुभयो ।
‘‘वि।सं। २०६० सालदेखि तालिम दिन शुरु गरेको हुँ, खेल मैदान र सामाग्रीको अभाव छ’’, शाहीले भन्नुभयो, ‘‘खेलका लागि वातावरण स्थानीय सरकारले बनाउनुपर्छ ।’’ शुरुका दिनमा नेपाल सितोरीयो कराते संघ केन्द्रिय डोजो काठमाण्डौ अन्र्तगत रहेर प्रशिक्षण दिएको र २०७८ सालमा टीकापुर सितोरीयो कराते एकाडेमी मार्फत तालिम दिइरहेको बताउनुभयो ।

अहिले पनि दैनिक दुई घण्टा सय जना खेलाडीले नियमित तालिम लिइरहेका छन् । सय जनामा ३० जना महिला छन् । ‘‘आफ्नो सुरक्षा र स्वास्थ्यका लागि खेलमा सहभागी हुने गरेका छन’’, शाहीले भन्नुभयो, ‘‘खेलबाट जीवन यापन गर्न गाहे छ, खेलकुदमा सरकारले खासै लगानी गरेको पनि छैन ।’’ प्रशिक्षक शाही आफु पनि चौथो डन हुनुहुन्छ । आफुले प्रशिक्षण दिएका ६०÷७० जना ब्लेक बेल्ट र ५÷७ जना तेस्रो डन सम्म पुगेको भन्दै खेलाडीलाई नियमित तालिम दिदा गर्ब महसुश भएको छ भन्नुभयो ।
‘‘आपूm सितोरीयोको खेलाडी भएकाले समाज र राष्ट्रलाई योगदान पु¥याउन टीकापुरमा नियमित तालिम चलाएको हुँ’’, शाहीले भन्नुभयो, ‘‘खेलका लागि आवश्यक पर्ने म्याट, पञ्जा, किक प्याड लगायतका सामाग्री अभाव छ ।’’
‘‘विद्यालय स्तरबाटै बालबालिका लाई खेलमा लगाउने हो भने लागु औषध दुव्र्यसनीमा लाग्ने समय पाउने थिएनन्’’, शाहीले भन्नुभयो, ‘‘अधिकांस विद्यालयमा कुनै प्रतियोगिता हुन थाल्यो भने मात्र खेलमा लगाउने गरिएको छ ।’शुरुका दिनमा ५÷६ जना महिला हुन्थे अहिले ३०/३५ जना छन् यसलाई पनि मैले उपलव्धिको रुपमा बुझेको छु भन्दै शाहीले सितोरीय खेल मार्फत टीकापुरको पहिचान दिलाउन सबैको सकारात्मक भूमिका आवश्यक छ भन्नुभयो । टीकापुर ५ स्थित राष्ट्रिय मावि मनिकापुरमा २४ वर्षसम्म खेलकुद र अध्ययापन गराउनुभएका शाहीको गएको मंसिरदेखि टीकापुर १ स्थित खड्ग स्मृतिमा सरुवा भएको छ ।

टीकापुर उद्योग वाणिज्य संघले २०७५ सालमा शाहीलाई खेलकुद मा योगदान पु¥याएको भन्दै सम्मान गरेको थियो ।
पालिकाले सितोरीयो खेललाई प्रोत्साहन नगरे पनि वडा नम्बर १ ले केही वर्षदेखि प्रतियोगिता गर्नका लागि एक लाख रुपैयाँ बजेट दिने गरेको छ ।
यसरी नियमित निष्ठापूर्बक सेवा गरेको भएपनि स्थानीय जनप्रतिनीधिले ध्यान नदिएको समाजसेवी धनराज उपाध्यायले बतउनुभयो ।
उहाँले निरन्तर खेलमा योगदान गरेको बिषयमा चासो राखेर पालिकाले खेलकुद सामाग्री उपलव्ध गराएको भए प्रशिक्षक शाहीलाई प्रोत्साहन हुने थियो भन्नुभयो ।
‘‘समाजमा योगदान दिने हरेक व्यक्तिको कदर गर्ने संस्कार बसाल्ने हो भने अरुले पनि सिको गर्छन् ,’’ । उपाध्यायले भन्नुभयो “खेलकुदको हरेक क्षेत्रलाई व्यवस्थित गर्न पालिकाले योजना बनाएर काम गर्नुपर्छ” ।