विश्व औलो दिवसको अवसरमा टीकापुरमा सरोकारवालासंग अन्तर्किया

टीकापुर, १३ बैशाख/विश्व औलो दिवसको अवसरमा टीकापुरमा सरोकारवालासँग अन्तर्किया गरिएको छ । कैलाली औलोको उच्च जोखिममा रहेको छ । ‘पुनर्लगानी, पुनसोच र पुनर्जागरण; हामी बाटै औलो निवारण’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।
कार्यक्रम जनस्वास्थ्य निरिक्षक धर्मसिँह बटाला र सिनियर अहेव अधिकृत कमल रावलले सहजीकरण गर्नुभएको थियोे ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक बटालाले नेपालमा दुई जातका लामखुट्टेले औलो सार्ने भएकोले समयमै निदान नहुदा समस्या रहेको बताउनुभयो ।
उहाँले मलेरिया लागेको मानिसलाई लामखुट्टेले टोकेर स्वस्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको बताउनुभयो ।
औलो प्लाज्मोडियम नामक  परजीवीका कारण हुने संक्रामक रोग हो, जुन संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइ बाट सर्छ । यो रोग लागेपछि व्यक्तिलाई ज्वरो, काँपेर जिउ कठ्याङ्ग्रिने, टाउको दुख्ने, र थकान महसुस हुने गर्छ । समय मा उपचार नपाए, औलो गम्भीर भई मृत्यु समेत हुनसक्छ ।
औलोबाट बच्न यसको रोकथाम नै मुख्य उपाय हो । सुरक्षित रहनका लागि कीटनाशक उपचार गरिएको झुल प्रयोग गर्नु, लामखुट्टे प्रतिरोधी मलहम लगाउनु, समयमा नै रोग पहिचान गरी उपचार सुरु गर्नु, तथा समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बटालाको भनाइ छ ।
सिनियर अहेव अधिकृत कमल बहादुर रावलले स्थानीय औलो निवारण मा काम भइरहेको बताउँदै आयातित औलो रोक्न नसकिएको बताउनुभयो । उहाँले औलोको उपचार निशुल्क हुन्छ भन्ने जानकारी दिन जरुरी रहेको बताउनुभयो । उहाँले सुदुरपश्चिममा गत वर्ष २ सय ३४ जना बिरामी रहेका बताउँदै जसमा आयातित बिरामी २ सय २५ जना रहेका बताउनुभयो । देशभरिमा सुदुरपश्चिम बढी जोखिममा छ ।
कैलालीको टीकापुरमा त वर्ष ३५ जना औलो संक्रमित बिरामी रहेका थिए । यसवर्ष ९ महिनामा ३ जना भेटिएका छन् । कार्यक्रममा मेडिकल सञ्चालक, महिला स्वास्थ्य स्वयम सेविका, पत्रकार सहभागी थिए ।