विश्व बाताबरण दिवसको अवसरमा बाढि कृतिम घटनाको अभ्यास गरियो

गणेश क्षेत्री
टीकापुर, २४ जेठ/बर्षात को समय खेतिपाती र बाढिको समय पनी हो । विशेष गरेर कर्णाली नदिको दक्षीणपुर्बी तटिय भेग बाढिग्रस्त क्षेत्रको रुपमा चिनिने गरिन्छ । त्यसैले बाढि आउनु पुर्ब टीकापुर नगरपालिका वडा नं। ७ को बैधिमा सामुदायिक बिपद ब्यवस्थापन समितिको आयोजनामा बाढि कृतिम घटनाको अभ्यास गरिएको छ ।
विश्व बाताबरण दिवसको अवसरमा सिएसडि , प्राक्टिकल एक्सन नेपालको सहयोगमा कैलाली र बर्दिया जिल्लाको कर्णाली नदिको तटीय क्षेत्रको ७८ वटा समुदायमा एकैसाथ गरिएको सिएसडि आरका कार्यक्रम स्योजक सुरेन्द्र ठगुन्ना ले बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं। ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले यो क्षेत्र जहिले पनि बाढीपीडित क्षेत्रको रुपमा परिचित भएपनी ठोस र दीर्घकालीन योजना लागुहुन नसकेकोले जहिलेपनी बाढि पिडित भएर धनजनको क्षेती ब्योहोर्नुपरेको बताउनुभयो ।


न्यौपानेले दैबिप्रकोप लाई रोक्न नसकिने भएपनी न्यूनीकरण चाहिँ गर्नसकिनेहुनाले आजगरियको बाढिपुर्बको कृतिम अभ्यासले सामाजिक सचेतना फैलियर सुरक्षीत भएर बसेमा धनजनको क्षति हुनबाट कसरी जोगिन सकिन्छ भनेर स्थानीय जागरुक हुनेकुरामा आफु बिस्वस्त भएको बताउनुभयो ।
टीकापुर नगरपालिका का स्वास्थ शाखाका कमल रावल ले बाढिको बेला गर्भवती ,बालबालिका र बृद्ध लाई प्राथमिकता मा राख्नुपर्ने बताउनुभयो ।
टीकापुर नगरपालिका का बिपद ब्यवस्थापन शाखाको निर्मला चौधरी ले दुर्घटना न्यूनीकरण गर्नमा आजको कार्यक्रम प्रभाबकारी हुने बताउनुभयो ।
बोर्डर आउट पोस्ट खक्रौलाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक धनबहादुर सिह ले सुरक्षा फौज चौबीसै घन्टा जनताको जिउधनको सुरक्षाको लागि खटिने बताउनु भयो ।
बिपद ब्यवस्थापन समितिले स्थानियको डाटा चुस्तदुरुस्त राखेर बाढिको
समयमा सुरक्षा निकायलाइ दिएमा उद्दार गर्न सहज हुने बताउनुभयो । इन्चार्ज सिह ले बाढिको समय नजिकिदै गर्दा सुरक्षा निकाय तयारी अवस्थामा रहदारहदै पनि उद्दारमा लगाउने लाइफ ज्याकेट र बोट को कमिभएकोले पहल गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी स्थानिय सनत श्रेष्ठले यो अभ्यासको कार्यक्रम ले बाढि आएको जस्तै झझल्को दिएको र स्थानीय ले बाढि आउनुपुर्ब गर्नुपर्ने साबधानी र बाढि आइसकेपछी कसरी जोगिने भन्ने कुरामा जनचेतना फैलियको बताउनुभयो ।
सामुदायिक बिपद ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रेग्मिले यो क्षेत्र २०४० साल बाट नै बाढीपीडित हुँदा पनि राज्यले ठोसकदम चाल्न नसक्नु दुःखद भएको बताउनुभयो । आजको कार्यक्रम ले जोखिम न्यूनीकरण हुन्छ भन्नेकुरामा बिस्वस्त भएको बताउनुभयो ।


सामुदायिक बिपद ब्यवस्थापन कार्यक्रममा स्थानिय हरुको व्यापक उपस्थिति रहेको थियो त्यसैगरि कृतिम अभ्यासमा सघाउन पत्रकार , कालाकुन्डा प्रहरी चौकिका इन्चार्ज लोकेन्द्रबहादुर चन्द सहितको टोलि , बोर्डर आउट पोस्ट खक्रौला का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक धनबहादुर सिह सहित को टोलि , कालाकुन्डा स्थित बोर्डर आउट पोस्ट का इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक सत्तल बम को टोलि र टीकापुर नगरपालिका को नगर प्रहरीको टोली समेत रहेको थियो ।
कार्यक्रमको सन्चालन बिपद ब्यवस्थापन समितिका सचिब भोजराज ढुंगानाले गर्नुभएको थियो ।