टीकापुर, ६ चैत्र/वीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियुको सभापतिमा नेपाल विद्यार्थी संघका गोपाल खत्री निर्वाचित हुनुभएको छ ।

उहाँले ४ सय ५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वि अनेरास्ववियु का गणेश धामीले २ सय १२ मत ल्याउनु छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का असिम वि।क। ले ४० मत प्राप्त गर्नुभएको छ ।

सचिवमा नेपाल विद्यार्थी संघका मिन सार्की निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वि अनेरास्ववियुका महेन्द्र कुमार रावलले २ सय ५० मत ल्याउनु भएको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पुष्पा थापाले ३४ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका विभूति चौधरी निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वि अनेरास्ववियुका पूर्णिमा थापा मगर ले १ सय ७७ मत ल्याउनु भएको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का डम्मरा जैशीले ४६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यमा नेपाल विद्यार्थी संघका आकर्षण चौधरी (४८५), पवि धामी (४८३), रोशन बुढा (४७९),स्वस्तिका चौधरी (४८८), तुफान शाही (४७७), एलिना कुमारी चौधरी (४५०) र राजेन्द्र महरा (४११) मत ल्याएर विजयी हुनुभएको छ ।
त्यस्तै समानुपातिक तर्फ नागरिक विद्यार्थी समाजले ७९, नेपाल विद्यार्थी संघले ४३९,अनेरास्ववियुले १३४,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले ७ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) ले ३४ मत प्राप्त गरेको छ ।
वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा १ हजार ३ सय ५२ मतदाता रहेका थिए । जसमा ७ सय ४१ मत खसेको थियो ।