वृद्ध सेवा समिति टीकापुरको २५ औ वार्षिक साधारणसभा

टीकापुर, २९ असार/वृद्ध सेवा समिति टीकापुरको २५ औ वार्षिक साधारणसभा भएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले युवाहरु रोजगारी तथा अध्ययनका लागि विदेशिन थाल्दा जेष्ठ नागरिक स्याहारमा समस्या बढ्ने चिन्ता ब्यक्त गरेका छन् ।
समितिका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष मोहन लुहार विकले जेष्ठ नागरिकका अनुभव युवाले लिनुपर्ने बताउनुभयो ।
वडाध्यक्ष विकले १२ कक्षा पछि बालबालिका विदशिने क्रम बढेकाले जेष्ठ नागरिकको सीप, ज्ञान युवाले लिन नपाउने, जेष्ठ नागरिकले पनि स्याहार नपाउने समस्या देखिने चिन्ता बढेको बताउनुभयो ।
वडाध्यक्ष विकले वडा कार्यालय ले समितिको पूर्वाधार विकासमा सक्दो सहयोग गरिरहेको र निरन्तर सहयोग रहने बताउँदै वडा कार्यालयले जेष्ठ नागरिक सम्मानका कार्यक्रम गरिरहेको बताउनुभयो ।


समाजसेवी धनराज उपाध्यायले समाजसेवी स्वर्गिय मोहनबहादुर रावलले सहयोग लिएर बनाएको वृद्ध सेवा समितिको भवन विस्तारमा थप्न वडाले सहयोग गर्नुपर्ने बताउनुभयो ।
पुर्व अध्यक्ष तथा सल्लाहकार कण्ठराज गिरीले मोहन रावलको योजना साकार पार्नुपर्ने बताउँदै सस्थाकोे उद्देश्य वृद्धहरुलाइ सगठित गर्ने र उनिहरुको अधिकारका लागि काम गर्ने भएकाले उद्देश्य अनुसार चल्नुपर्नेमा जोड दिनु भयो ।
सचिव लोकराज रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सदस्य उदयराम अधिकारीले गर्नुभएको थियो ।
साधारण सभामा कोषाध्यक्ष देवेन्द्र रावलले १२ लाख १७ हजार बराबरको आयव्यय सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा समाजसेवी रामचन्द्र शर्मा कट्टेल, टिकाराम आर्य, रामप्रसाद रिमाल, हृदयराज रेग्मी, तारा प्रसाद अधिकारी,हिरासिह विष्ट लगायतले बोल्नु भएको     थियो ।
सस्थाले जेष्ठ नागरिक सम्मान, दिवा सेवा, सचेतना, अन्तर्किया जस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले यस वर्ष ज्येष्ठ नागरिक सम्मान, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माघ महिनामा ज्येष्ठ नागरिक महिलाहरुलाई खिचडि खुवाउने, ज्येष्ठ नागरिक जनचेतना कार्यक्रम, असहाय, ज्येष्ठ नागरिक महिलाहरुलाई कपडा बितरण, विद्यालय र क्याम्पसमा जेष्ठ नागरिकहरुलाई लाग्ने रोग, अल्जाइमर्स, डिमेन्सिया र स्ट्रोक सम्बन्धमा जानकारी  गराउने, जेष्ठ नागरिक दशैँ मिलन कार्यक्रम, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट अनुदान प्राप्त भएमा पूर्ववत् रुपमा सञ्चालन गरिएका कार्यक्रमहरु लाई निरन्तरता दिने, जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम, जेष्ठ नागरिक योगाभ्यास तथा प्रवचन, दिवा सेवा कार्यक्रमको निरन्तरता, मोहन प्रतिभा कोषबाट सम्मान कार्यक्रम जस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । यसका साथै आर्थिक वर्ष २०८२÷०८३ का लागि १३ लाख।बढिको बजेट अनुमान गरिएको छ ।