वृद्ध सेवा समिति टीकापुरको २२ औं वार्षिक साधारणसभा सम्पन्न

टकिापुर, १२ अषाढ\वृद्ध सेवा समिति टीकापुरको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारसभाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर उप–प्रमुख खडकबहादुर शाहले वृद्ध सेवा समितिलाई टीकापुर नगरपालिकाले प्रदान गर्दै आइरहेको दिवा सेवा कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
समितिका अध्यक्ष वलबहादुर रावलको अध्यक्षतामा भएको सभा मा आगामी आर्थि वर्ष २०७९÷ ०८० का लागि ७ लाख, ३७ हजार, ९२५ रुपैया बराबरको वजेट प्रस्तुत गरिएको छ ।


समितिका सचिव लोकराज रेग्मीले सञ्चालन गर्नु भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विक, समाजसेवि धनन्जय तिमिल्सिना, तारा साउँद, शेरबहादुर रावल, बालकृष्ण खनाल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।